Aamsanchar

सामुदायिक पर्यटन क्षेत्रहरु फोहोरकै कारण प्रदुसित बन्दै

Author Image
शनिवार, माघ ११, २०७६

विष्णु आचार्य
आन्तरिक साथै बाह्र्य पर्यटन प्रवद्धनमा झापामा धार्मिक साथै प्राकृतिक दृष्टिकोणले धनी छ । प्रकृतिले दिएको मनोरम ठाउँ संगै मानवनिर्वित पर्यटकिय गन्तव्यहरु निकै फड्को मारिसकेको छ ।

अब यी पर्यटकिय गन्तव्यलाई उचित ब्यबस्थापन साथै स्वच्छ सफा बनाउन पनि उत्तिकै जरुरी छ । त्यसो त झापाका सबै स्थानिय निकाय हरुले आ–आफ्नो ठाउँलाई त्यहाँ भएको प्राकृतिक सम्पदा देखि धार्मिक स्थल, पर्यटकिय स्थल हरुलाई ब्यबस्थापनको निम्ति योजना बनाएका छन् । तर पनि धेरै पर्यटकिय स्थलहरुमा अझै पनि सरसफाइ देखि सौचालयको ब्यबस्थापन हुन सकिरहेको छैन।

जस्ले गर्दा मानिसहरु सौच गर्न जङ्गल तिर पस्नु पर्ने अर्को बाध्यता पनि त्यतिकै छ । डस्बिन हरु राखिएता पनि डस्बिनको उचित सदुपयोग भै रहेको छैन । माधव पदार्थका बोटलहरु यत्रतत्र फालिएका हुन्छ्न । यस्ता साना तिना कुराहरुमा उक्त ठाउँ को समितीले प्रभावकारी व्यवस्थापनकोकाम गर्न सकिरेको छैन ।
तथापी पनि पहिलेको तुलनामा धेरै सुधार आएको देखिन्छ । तर एतीले पुग्दैन, पिकनिक स्थलमा ब्यबस्थित सवारी पार्किङ, माधव पदार्थ शेवनलाई निस्चित क्षेत्र तोकिनु पर्ने, कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरि छुट्टाछुट्टै डस्बिन ब्यबस्थापन गर्न सरोकार पक्ष पछि परिरहेको छ ।

स्वच्छ सफा बातावरण निर्माण गर्न महाअभियान नै संचालन गर्न आवसेक छ । हाल गरिदै आएजस्तो तरिकाले काम गर्ने हो भने पर्यटन बर्ष र पर्यटन क्षेत्रको दिर्घकालिन विकास र व्यवसायिक पर्यटन क्षेत्र बन्न अबको दिनमा चुनौती बढदै गएको छ । । किनकी सामुदायिक पर्यटन क्षेत्रको फितलो व्वस्थापन लगायतको पक्षहरुलाई प्रेरणा बनाएर निजी क्षेत्रले पर्यटन क्षेत्र तर्फ लगानी बढाउन थालिसकेका छन ।
प्राकृतिले लिएको शुन्दरता वातावरणलाई फोहोरकै कारण प्रदुसित बन्न नदिन तर्फ सामुदायिक पर्यटन क्षेत्र व्यवस्थापन समितिको ध्यान जान सकोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 388

प्रतिक्रिया (०)

सम्बन्धित खबर