Aamsanchar

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ यलेदोङ बृहत सांस्कृतिक कार्यक्रम ५०८० को आयोजना हुँदै

Author Image
मङ्गलवार, माघ १४, २०७६

सुर्य खवास, युएई
सम्पुर्ण किरातीहरुको चाहना,स्वयत्त किरात राज्यको स्थापना  भन्ने मुल नाराका साथ किरात राई यायोक्खा शाखा युएईको आयोजनामा किरातीहरुको नयाँ बर्षको यले सम्बत ५०८० को अवसरमा राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ हुन लागेको यलेदोङ बृहत सांस्कृतिक कार्यक्रम- ५०८० को तयारी पूरा भएको कार्यक्रम संयोजक पदम खालिङले जानकारी दिएका छन ।

आगामी ७ फेब्रुअरी २०२० शुक्रबारका दिन युएईको राजधानी अबुधाबी स्थित ब्राइट राइडर्स स्कुलको सभा कक्षमा सम्पन्न हुने उक्त कार्यक्रममा सहभागी हुन चर्चित हास्यकलाकार फुलन्देको आमा (उमेश राई), चर्चित गायक निनाम हाङ राई, गायिका बबिना किराँती, गायक दिपक बान्तवा राई , वरिष्ठ गायक कुबेर राई र गायक जिबि हाङ राई युएई आउने किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्र साम्पाङले बताए ।

हिमालयन रेष्टुरेन्ट मुख्य प्रायोजक रहेको उक्त कार्यक्रमको सह-प्रायोजकमा लाइफलाइन हस्पिटल, कन्चनजंघा रेष्टुरेन्ट, प्राइम एक्सप्रेस,अल मसाफी रेष्टुरेन्ट, पिपल्स ट्राभल एण्ड टुर्स र फोर सिजन मोबाईल शप रहेका छन । सहयोगी संस्थाहरुमा सुनुवार सेवा समाज युएई, इनास युएई , मितेरी समाज युएई र भोजपुर हातेमालो सेवा समाज युएई रहेका छन ।

कार्यक्रममा सहभागीहरुकोलागी आउन जानको लागि युएईको सातै राज्य बाट निस्शुल्क यातायातको व्यवस्था गरेको जानकारी दिदै युएईमा क्रियाशिल संघ संस्थाका प्रतिनिधि, व्यवसायी, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा युएईमा रहेका सम्पुर्ण नेपालिहरुलाई गरिमामय उपस्थितिको आयोजकले अपिल गरेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर