Aamsanchar

चारपाने ह*त्या प्रकरण : तालिम प्राप्त कुकुर द्वारा अनुसन्धान हुदै

Author Image
मङ्गलवार, माघ २१, २०७६

बिर्तामोड । झापा बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज एक घटनाले समाजलाई भयवित बनाएको छ ।
चारपाने चोक मुख्य राजमार्गबाट करिव ३ सय मिटर दक्षिण राजगढ जानेबाटो पूर्वमा घटना घटेको छ । घटनाको प्रकृतिलाई हेर्दा ढुङगाले हानेर परालको माचमा लगेर जलाईको अनुमान गर्न सकिन्छ ।

परालको माचमा हात,खुट्टा जलेको अवस्थामा सव देखिन्छ, सव भएको ठाउँबाट सय  मिटर पस्चिममा रगत लतपतिएको छ, त्यसै गरि करिव  सय  मिटर पूर्वमा पनि रगत तलपतिएको ढुङ्गा र काटिएको  जस्तो शरिरको कुनै अंग देखिन्छ ।

घटना कस्ले घटायो कस्लाई हत्या गरेको कतिजनाको घत्या भएको भन्ने  अहिले सम्म खुल्न सकेको छैन । घटना अनुसन्धनको लागि प्रहरीले विहानै देखि सो क्षेत्रमा सर्वसाधरणहरुलाई जान दिएको छैन । यो समाचार तयार पार्दा सम्म  तालिम प्राप्त कुकुर ल्याएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 409

प्रतिक्रिया (०)

सम्बन्धित खबर