Aamsanchar

महोत्सवमय बन्दै अर्जुनधारा (फोटो फिचर)

Author Image
आइतवार, फागुन ४, २०७६

अर्जुनधारा । झापाको अर्जुनधारामा आजबाट वडा स्तरीय कृषी, साँस्कृतिक महोत्सव शुरु भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसर पारेर अर्जुनधारा कनगरपालिकाले वडा स्तरीय कृषी, साँस्कृतिक महोत्सव शुरु गरेको हो ।

नगरपालिकाले भ्रमण वर्षलाई सफल बनाउन वडास्तरबाटै विविध कार्यक्रम थालनी गरेको जनाईएको छ । गाउँगाउँमा पर्यटन बर्षको महोल तयार पार्न र नगरको गतिविधिबारे जानकारी गराउँदै वडाबाट कार्यक्रम गर्ने उदेश्यले आज वडा बाट वडा नम्बर ७ को खेल मैदानमा महोत्सवको शुभारम्भ गरिएको छ ।
वडास्तर कार्यक्रम योजना अन्तरगत पशु, कृषि, स्वास्थ्य लगायतका विषयगत शाखाबाट उपलब्ध हुने सेवाका बारेमा शिविरमार्फत जानकारी र सेवा दिईएको छ ।
नगर प्रमुख हरिकुमार रानाले नगरमा भएका पर्यटकीय स्थलसँगै धार्मिक स्थलका बारेमा थप जानकारी दिनका लागि महोत्सव प्रभावकारी हुने जानकारी दिए । उनले वडास्तरबाटै तयारी गरिँदा जनमानसमा पनि सकारात्मक सन्देश जाने भएकाले नगरले बृहत् योजनाबाट कार्यक्रम शुरु गरेको बताए ।

आज फागुन ४ गते ७ नम्बर वडा खेल मैदानमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ । त्यसैगरी कार्यक्रम हुने मिति र स्थान हरुमा फागुन ५ गते वडा नं. १ मंगलबारे हटिया, ६ गते वडा नंं.२ जनता माध्यमिक विद्यालयको प्राङगण, ७ गते वडा नं. ३ प्राकृतिक खेल मैदान कैदले, ८ गते वडा नं.४ जेष्ठ नागरिक मिलनकेन्द्र, ९ र १० गते वडा नं. ५ को भानु मावीको खेल मैदान, त्यसैगरी ११ गते वड नं.६ द्वीपज्योती खेलमैदान, १२ गते वडा नं. ११ को महारानीगञ्ज मावी, १३ गते वडा नं. १० सेतीपानी सिंहदेवी प्रावी, १४ गते वडा नं.९ को खरबन्दी खेल मैदानमा हुने भएको छ ।

त्यसैगरी वडा स्तरिय महोत्सव अन्तरगत फागुन १५ गते वडा नं ८ स्थित शनिश्चरे मावीको प्राङगढमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुशियातको उपस्थितिमा कार्यक्रमको समापन हुनेछ । वडास्तर कार्यक्रममा खेलकुदका ९ विधा र भाषा, कला, साहित्य संस्कृतिका ८ वटा विधालाई समेटिएको छ । आसन्न राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरी विद्यालयस्तरका प्रतियोगितालाई पनि समेटिएको नगर प्रमुख रानाले बताए । ११ वटामा कार्यक्रम सम्पन्न गरेपछि फाइनल चरणका कार्यक्रम नगर महोत्सवमा प्रस्तुत गरिनेछ’, उनले भने ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर