Aamsanchar

नक्कली इन्स्पेक्टरको कर्तुत पर्दाफास

Author Image
बुधवार, फागुन ७, २०७६

झापा । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको बताएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३, झुल्केका २२ वर्षीय विजय वाग्ले रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार वाग्लेलाई इलाका प्रहरी कार्यालय, काँकरभिट्टाको टोलीले पक्राउ गरेको हो । उनका अनुसार वाग्लेले कामको सिलसिलामा सिलगुढी गएका वेला भेट भएका दुई जनालाई प्रहरीमा जागिर खान मन भए, सम्पर्क गर्नू भनेका थिए ।

त्यसबेला उनले आफूलाई विराटनगर तालिम केन्द्रमा कार्यरत रहेको भनेर परिचय पत्र पनि देखाएका थिए । ‘डीआईजी साब मेरो ठूलो बुबा हो, मैले भनेपछि काम भइहाल्छ भनेर आश्वसन दिएको देखिन्छ’, कोइरालाले सुनाए, ‘केही दिनपछि फोन गरेर असईमा जागिर खुलेको भन्दै फारम भर्न लगाएको देखिएको छ । त्यसपछि पैसा लिएर उनी सम्पर्कविहीन भएका थिए ।’

प्रहरीका अनुसार वाग्लेले असईमा नाम निकाल्न एक जना बराबर ३ लाख रुपैयाँ दिनुपर्ने बताएका थिए । तर, प्रारम्भमा एकरएक लाख रुपैयाँ मागेका थिए । थप रकम काम भइसकेपछि भनेका थिए ।

उनले एक जनासँग ५० हजार र अर्कासँग एक लाख रुपैयाँ लिएर समपर्कविहीन भएका थिए । त्यसपछि पीडितले इलाका प्रहरी कार्यालय, काँकरभिट्टामा सम्पर्क गरेका थिए । त्यसपछि नक्कली इन्स्पेक्टरको रहस्य खुलेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर