Aamsanchar

सिद्धार्थद्धारा जीवन रक्षाको माग

Author Image
बुधवार, फागुन ७, २०७६

बिर्तामोड। झापाको बिर्तामोड–४ निवासी पत्रकार नविन उप्रेती (सिद्धार्थ)ले आफ्नो जीवन रक्षाको माग गरेका छन् । बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उप्रेतीले पाल्देन शेर्पाले आफुलाई मानसिक तनाव, धम्की र र्दुब्यवहार जस्ता क्रियाकलाप गरेको भन्दै उनले आफ्नो जीउ धनको सुरक्षाको माग गरेका छन् ।

२०७६ असोज महिनामा बिर्तामोड–५ उप्रेती र शेर्पा सहित चार जनाको संयुक्त लगानीमा सञ्चालन गरिएको प्राचिन रेस्टुराँ विभिन्न नक्कली प्रमाण खडा गरि बिर्तामोड नगरपालिकबाट समेत आफ्नो ब्यक्ति गत नाममा ब्यवसाय दर्ता प्रमाण पत्र निकालेको र आन्तरिक राजश्व कार्यालयबाट समेत ब्यक्ति गत पानमा दर्ता गरेर ल्याएको उप्रेतीले बताए ।

उप्रेतीले आफ्नो २९ लाखबढी लगानी भइसकेको अवस्थामा शेर्पाले विभिन्न धाकधम्की शैली अप्नाएपछि आफु न्याय माग्दै प्रहरी समक्ष पुग्दा समेत प्रहरीले चासो नदिएको गुनासो गरे । सामुहिक लगानीमा ब्यवसाय सुरु गरेपनि शेर्पाले एक्लैटी ढंगबाट ब्यवसायबाट नै पलायन हुने अवस्थामा पु¥याएको उप्रेतीले बताए । नगरपालिकामा ब्यवसाय दर्ता गर्न जाँदा जग्गा धनीको किर्ते हस्ताक्षर गरेर आफ्नो नाममा ब्यवसाय दर्ता गरेको, भाडादर स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने भएपनि त्यहाँ उल्लेख नगरेको र जग्गाधनीले समेत आफुले हताक्षर नगरेको बताएपछि शेर्पाले राज्यलाई समेत ठगी गर्ने काम गरेको उप्रेतीले बताए । पटक–पटक छलफलका माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दा उल्टै शेर्पाले धमक्याउने गरेको उप्रेतीले जानकारी दिए ।

उप्रेतीले आफ्नो लगानी, मेहनत र सिर्जनाको उचित मुल्याङ्कन गरेर सबै रकम फिर्ता गरे आफु छाड्न तयार रहेको पत्रकार सम्मेलनमा बताए । ५० लाख रुपैंयाभन्दा बढीको लागतमा संरचना निर्माण गरेपनि सबैभन्दा धेरै लगानी आफुले गरेको उप्रेतीले जानकारी दिए । पत्रकार समेत रहेका उप्रेतीले लामो अध्ययन पछि प्राचिन सभ्यता झल्कने खालको संरचना बनाएर रेष्टुँरा तयार गरेपनि शेर्पाको धम्कीका कारण आफुले असुरक्षाको महशुस गरेको उल्लेख गरे ।

यसैबीच इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जिल्ला प्रशासन, जिल्ला प्रहरी हुँदै इलाका प्रहरी कार्यालयलाई पठाएको पत्र प्राप्त भएको र यो विषयलाई चासोका साथ छलफल गरेर समस्याको समाधान गर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर