Aamsanchar

बिर्तामोडमा दुई कर्मचारीको विदाई , एकलाई स्वागत

Author Image
बिहिवार, फागुन ८, २०७६

चारपाने । हुन त सरकारी राष्ट्रसेवक कर्मचारीको सरुवा बढुवा अनिवार्य प्रकृया हो । कुनै नौलो र महान उपलब्धी पनि होईन । बर्षमा धेरै कर्मचारीहरु एक स्थान देखि अर्को स्थान सरुवा भएर जाने आउने क्रम चलिनै रहेकाको हुन्छ । यस्तो कार्यको बारेमा सामान्य नागरिकलाई खाचै चासोको विषय पनि रहदैन र जानकारी पनि भएको हुदैन । कर्मचारीले जतिपनि काम गरेका हुन्छन उसको र्कतव्य र जिम्मेवारी भित्र पर्नेकुरा हो । त्यस्तै आफ्नो काम र कर्तव्यमा रहेर काम गर्दैजादाँ व्यक्तिगत रुपमा बोलीचाली देखि लिएर डिउटी गर्ने कर्मचारी मात्र नभएर एक सहयोगी, साथीभाई मित्रजनको व्यवहार गर्ने र ईमान्दारीताका साथ कार्यसम्पादन गर्ने कर्मचारीहरु नागरिकको नजरमा खास र उत्कृष्ट ठहरिएका हुन्छन । त्यस्ता कर्मचारीलाई सरुवा भएर जानेवेलामा स्थानिय नागरिकसमाज संघसंस्थाका प्रमुख प्रतिनिधीहरुले सम्मान विदाई गर्ने चलन समाजमा नयाँ पनि होईन, झापाकै कुरा गर्ने हो भने धेरै कर्मशिल कर्मचारीहरुलाई झापावासीले ससम्मान विदाई गरि सकेका छन ।

त्यस्तै कर्मशिल कुशल नेतृत्व बहन गर्ने दुईजना कर्मचारीलाई बिहिबार विर्तामोडमा भव्य कार्यक्रम आयोजना गरेर विदाई गरिएको छ ।
बिर्तामोड उद्योग बाणिज्य संघको संयोजनमा स्थानिय ५१ वटा संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका अगुवाहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारी र श्री नयाँ श्रीनाथ गण चारआलीका गणपति मोक्ष याक्थुम्बालाई विधाई गरेका हुन ।

ट्राफिक प्रहरी प्रमुख अधिकारी प्रहरी तालिम केन्द्र बिराटनगर र गणपती याक्थुम्बा सिंहदरवार सरुवा भएर जान लागेका छन । उनिहरुलाई बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कार्यक्रम संयोजक कुमार भट्टराई, जिल्ला प्रहरी प्रमुख कृष्ण कोईराला, ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मुकुन्द रिजाल , झापा फुटवल क्लवका अध्यक्ष महेन्द्रकुमार गिरी, बिर्तामोड खानेपानी उपभोक्ता समिति अध्यक्ष जलकुमार गुरुङ, पूर्वाञ्चल प्लाईउड उत्पादक संघ झापाका अध्यक्ष दिपेन्द्र पोखरेल, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल, वीरता लेडी जेसीजकी अध्यक्ष शुष्मा पौडेल, झापा फुटवल क्लवका संस्थापक अध्यक्ष होम पाण्डे, व्यवसायी केदार गिरी, देविभक्त श्रेष्ठ, निर्मल भट्टराई लगायतले माला, खादा र प्रशंषा पत्र द्वारा सम्मानगरी विदाई गरिएको थियो ।

त्यस्तै सोही कार्यक्रममा जिल्ला ट्राफिक प्रहरीको नेतृत्व सम्हाल्न आउनु भएका ट्राफिक प्रमुख प्रकाश जवेगुलाई स्वागत गरिएको छ ।
कार्यक्रमको संचालन बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव प्रसान्त भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर