Aamsanchar

सहारा नेपाल साकोस अध्यक्षको निधन

Author Image
शुक्रवार, फागुन ९, २०७६

सहारा नेपाल सकारी संस्था लिमिटेडका अध्यक्ष ताराप्रसाद सञ्जेलको निधन भएको छ । २००८ साल असरा २६ गते जन्मिएका सञ्जेलको मृगौला सम्वन्धि रोगका कारण फागुन ९ गते निधन भएको हो ।

उनी दुई वर्षदेखि मृगौला रोगबाट पीडित थिए । सहारा नेपालका संस्थापक शेयर सदस्य रहेका उनी विगत सात वर्षदेखि निरन्तर अध्यक्ष पदमा रहेर सहारालाई उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अध्यक्षको निधनसंगै सहकारीले शनिवार विहान १० :३० देखि सभा ११ सम्म सहकारीको भवनमा पार्थीव शरीर राखेर श्रद्धाञ्जलि अर्पण गरिने सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

सञ्जेलका श्रीमती तारादेवी र दुई छोरा दुई छोरी रहेका छन् । छोरा वुहारीहरुमा भूपाल– विनिता, लीला नीतु सञ्जेल रहेका छन् भने ज्वाईहरुमा देविका – योगेन्द्र खत्री, मुना राजु रिजाल रहेका छन् । सञ्जेल भानु माध्यमिक अर्जुनधाराका पूर्व प्रधानाध्यापक हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर