Aamsanchar

कोरोना भाइरसका कारण पर्यटक आधा घटे

Author Image
शनिवार, फागुन १०, २०७६

काठमाडौँ । चीनबाट नेपाल आउने पर्यटकमा कमी आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्य नयाँ पर्यटक बजार खोज्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ चीनबाट आउने पर्यटकको बिकल्पमा अन्य देशका बजार खोज्न सरकारले टिम नै गठन गरेर काम गरिरहेको बताउनुभयो । चीनमा परेको समस्याले स्वयं चीन लगायत विश्वको अर्थतन्त्रलाई नै असर गरेको अवस्थामा नेपालको पर्यटन क्षेत्रमा असर पर्नु स्वभाविक भएको उहाँ बताउनुहुन्छ ।

अहिले पर्यटक आउने वेमौसमी समय र चीनबाट नेपाल आउने पर्यटक घट्दा संख्यामा केही कमी आए पनि विस्तारै पर्यटन आगमन बढने प्रवक्ता तामाङ बताउनुहुन्छ । नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स ९नाटा० का अध्यक्ष अच्यूत गुरागाई चीनमा देखिएको कोरोना भाइरसको कारण पर्यटन आगमनमा कमी आएको बताउनु हुन्छ ।

सरकार र देश, विदेशमा रहेका नेपाली एकजुट हुन सके अन्य मूलुकबाट पर्यटक भित्र¥याउन सकिने अध्यक्ष गुरागाई बताउनुहुन्छ । नेपालमा कोरोनाको कुनै संक्रमण छैन् भन्ने सन्देश बिश्वसामु पु¥याउन जरुरी रहेका उहाँको भनाई छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न दैनिक छ हजार पर्यटक नेपालमा भित्र¥याउन आवश्यक पर्छ । यस अघि समान्य तया दैनिक ३५ सय विदेशी पर्यटक नेपालमा आउने गरेकोमा कारोना भाइरसको हल्ला पछि १२ देखि १५ सयको हाराहारीमा पर्यटक नेपाल आउने गरेको गुरागाई बताउनुहुन्छ ।

तर बाँकी पर्यटकको संख्या पूरा गर्न भारत, बंगलादेश, यूरोप लगायत खाडी मुलुकमा मार्केटिङ गर्न सके धेरै पर्यटक भित्र¥याउन सकिने अध्यक्ष गुरागाई बताउनुहुन्छ । अहिले पर्यटन क्षेत्रमा देखिएको चुनौतीलाई समाधान गर्न सरकार र व्यवसायी बीच नयाँ पर्यटन गन्तव्य खोज्ने विषयमा छलफल भईरहेकोले अहिले नै आतिने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । अर्का पर्यटन व्यवसायी भरत बस्नेत अहिले नै पर्यटन आगमनमा कमी भयो भनेर हतोसाहित हुनु भन्दा पनि अन्य देशमा गएर मार्केटिङ गर्न जरुरी रहेको बताउनुहुन्छ ।

सरकार छोटो समयको बिचमा पर्यटन बर्ष घोषणा गरेकोले तयारी अलि कति कम हुन गएको उहाँको भनाई छ । पर्यटन बर्ष २०२० मा सरकारले २० लाख पर्यटक नेपाल भित्र¥याउने लक्ष्य लिएको छ । नेपालमा धेरै आउने पर्यटक मध्ये चीन र भारतबाट आउने गरेको बताईन्छ । आजको गोरखापत्र दैनिकमा खबर रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर