Aamsanchar

श्रीकृष्ण प्रणामी मन्दिर चारपानेमा अन्तर्राष्ट्रिय स्तरको धार्मिक कार्यक्रमको तयारी

Author Image
शनिवार, फागुन १०, २०७६

बिर्तामाड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सवको तयारी गरेको छ ।
उक्त मन्दिर समितिले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रम गर्ने योजना बनाएको छ । मन्दिरले शनिबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सव एवम् साताव्यापी श्री १०८ तारतम सागर पाठ पारायण श्रीमद्भागवत ज्ञान महायज्ञ (श्रीकृष्ण कथा) बारे जानकारी गराएको छ ।
स्वर्ण महोत्सव समारोह मूल आयोजक समितिद्वारा मन्दिर परिसरमा आयोजित सम्मेलनमा यही फागुन २१ गतेदेखि २७ गतेसम्म आयोजना गरिने कार्यक्रमहरुका बारे जानकारी गराइएको हो ।
समितिका अध्यक्ष युवा सन्त जगतनन्दन शास्त्रीजी महाराजको अध्यक्षतामा आयोजित सम्मेलनमा समितिका महासचिव शारदाप्रसाद थपलियाले आयोजना गरिने कार्यक्रमहरुका बारे जानकारी दिएका थिए ।

विवरण अनुसार २१ गते विहान स्वर्ण महोत्सव शुभारम्भ हुनेछ भने विहान ९ बजे कलशयात्रापछि ११ बजेदेखि श्री १०८ तारतम सागर पाठ पारायण शुभारम्भ हुनेछ १२ बजे स्वर्ण महोत्सव स्तम्भ समुद्घाटन तथा बाबा श्री गोपीदास स्मृतिसभा एवम् कलश अनावरणको कार्यक्रम रहेको छ । दिउँसो २ बजे मञ्चको कार्यक्रम समुद्घाटन हुनेद्ध भने प्रमुख अतिथिको रुपमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई निमन्त्रणा गरिएको महासचिव थपलियाले जानकारी दिए । तारतम पाठपारायणको समुद्घाटन श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त विभूषित जगतगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज श्री ५ नवतनपुरीधाम जामनगरको करकमलबाट हुनेछ । उनको स्वागतार्थ प्रणामी सुन्दरसाथहरु काँकरभिट्टामा भेला हुने र त्यहाँबाट बाजागाजाका साथ महायज्ञस्थलमा ल्याइने कार्यक्रम रहेको छ ।
अन्तर्राष्ट्रियस्तरको बनाइने सो धार्मिक तथा सामाजिक अनुष्ठानमा देश–विदेशबाट श्रीकृष्ण धर्मावलम्बी निजानन्द सम्प्रदायका हजारौं भक्तजन एवम् सन्त महाराजहरुको आगमन हुने बताइएको छ ।

महोत्सव अवधिभर दैनिक सेवा पूजा, मंगल आरती, ध्यान, चिन्तन, योग, मंगलाचरण, पुष्पाञ्जलि, वाणी चर्चा, विभिन्न विद्वानहरुद्वारा धार्मिक प्रवचन, वाणी गायन, भजन–कीर्तन, गरिने अध्यक्ष जगतनन्दन शास्त्रीजी महाराजले जानकारी दिए यसैगरी, वृहत स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, दैनिक रुपमा सहयोगदाता, समाजसेवी महानुभावहरुलाई सम्मानको कार्यक्रम पनि रहेको छ भने सामुहिक उपनयन र गुन्यूचोलीको कार्यक्रम पनि रहेको बताइएको छ ।

महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको र ती समितिहरुले आफ्नो जिम्मेवारीलाई अघि बढाइसकेको महासचिव थपलियाले जानकारी दिए ।दातहरुबाट आर्थिक संकलन गरी सम्पन्न गर्न लागिएको उक्त बृहद धार्मिक अनुष्ठान सम्पन्न गर्न ५० लाखदेखि ६० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । सो कार्यका लागि संघीय, प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्ने बचन दिएको थपलियाले जनाए । महोत्सव सम्पन्न गर्न जिल्लाका श्री कृष्ण प्रणामीअन्तर्गतका मन्दिर तथा समितिहरु, श्रीकृष्ण प्रणामी युवा परिषद, श्रीकृष्ण सेवा परिषदलगायतका समितहरुले सक्रिय सहभागिता जनाइरहेको पनि बताइएको छ ।

कार्यक्रमको प्रचारप्रसारलाई पनि तिब्र परिएको छ । नेपाल तथा भारतका धेरै ठाउँमा निमन्त्रणा पत्र पठाईएको छ, झापाको दमक देखि कांकडभिट्टा सम्म विभिन्न स्थानमा गरि १० वटा स्वागत गेट निर्माण गरिएको संचार संयोजक टहलदास ओलीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम रहेको बताईएको छ । कार्यसम्पादनका लागि ४ सय ५ जनाको मुल आयोजक समिति गठन गरिएको छ, जसमा विभिन्न कार्यविभाजन गर्ने क्रममा २२ वटा उपसमिति गठन गरिएको छ । सर्वपक्षिय छलफललाई प्रार्थमिकता दिदै शोभायात्राको दिन स्थानिय, जिल्ला र केन्द्रका गरि ४२ वटा संघसंस्थालाई सहभागिता गराउने बताईएको छ ।

वि. सं २०२६ सालमा दानवीर तत्कालीन रापंस स्व. खम्बसिंह वस्नेत र धर्मपत्नी जानुका वस्नेतले ५ कट्ठा १० धुर जग्गा दान गरेपछि मन्दिर स्थापना भई धार्मिक कार्यक्रमहरु हुँदै आएको छ भने दाताहरुको सहयोगमा मन्दिर परिसरमा १८ वटा शयनकक्ष, ३ वटा भव्य हल, पर्याप्त शौचालयको पनि व्यवस्था रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 571

प्रतिक्रिया (०)

सम्बन्धित खबर