Aamsanchar

कोरोना भाइरस संग लडने औषधी बनायो चीनले

Author Image
मङ्गलवार, फागुन १३, २०७६

बेइजिङ : टियानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड ) ९० को औषधी विकसित गरेको दाबी गरेको छ। विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खोप विकसित गरिएको जनाएको छ ।

उनी आफैंले चार मात्रामा औषधी से,वन गरिसकेका छन्। त्यसबाट उनलाई कुनै नकारा,त्मक असर नपरेको प्राप्त समाचारमा जनाइएको छ। विश्वविद्यालय अब क्लिनिकल परीक्षण र यसको प्रवद्र्धनका लागि साझेदारको खोजीमा रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। ‘यो खोपले कोरोना भाइरससँग लड्न प्र,तिरोधात्मक क्ष,मता विकास गर्छ’, विश्वविद्यालयलाई उधृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ।

औषधि अत्यन्त सुरक्षित रहेको, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिने हुआङले बताएका छन्। डिसेम्बरमा चीनको हुबेईमा देखा परेको यो भाइरस संक्रमणबाट विभिन्न देशमा गरी अहिलेसम्म २७०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । चीनबाहेक अन्य मुलुकमा ३७ जनाको मृत्यु र २४०० जनामा संक्रमण भएको छ।

यस्तै ८० हजारभन्दा बढी सं,क्रमित छन्। दक्षिण कोरियामा ८९० मा संक्रमण भइसकेको छ भने इरान तथा युरोपेली मुलुक इटालीमा संक्रमण दर बढ्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले यो रोगलाई महामारी घोषणा गर्न ढि,ला भइसकेको बताएका छन्।

यसैबीच विश्व स्वास्थ्य संगठनको एक टोली इटाली पुगेको छ। ‘इटालियन अधिकारीहरूलाई सहयोग गर्न र अवस्थाबारे जानकारी लिन टोली इटाली पुगेको छ’, संगठनले भनेको छ । कोरोना भा,इरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर देखा पर्न थालेको छ। दि गार्जियन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)