Aamsanchar

मन्त्री ढकालमा किन पर्यो भ्रम ?

Author Image
बुधवार, फागुन १४, २०७६

‘यो मन्त्री हो कि म ? फटाहालाई मेरो कार्यकक्षमै छिर्न नदिनु’ महिना दिनअघि यसरी पड्किएका थिए स्वास्थ्यमन्त्री भानुभक्त ढकाल महेन्द्रमान श्रेष्ठसँग ।

तर, महिना दिनपछि नै मन्त्री यूटर्न भए र तिनै श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको हाकिम बनाए । आखिर मन्त्री ढकाल यूटर्न हुन किन र कसरी बाध्य भए रु र, जुनियर र विवादास्पद कर्मचारीलाई टपक्क टिपेर स्वास्थ्य सेवा विभागको हाकिम बनाउनुपर्ने बाध्यता आइलाग्यो रु

मन्त्री भानुभक्त ढकाल पनि दलाल र ठेकेदार विशाल पण्डितहरुको अगाडि लल्याकलुलुक भएर गले र कारवाहीको डण्डा बर्साउनुपर्ने महेन्द्रमान श्रेष्ठलाई उल्टै पुरस्कृत गरिएको छ ।

स्वास्थ्य सेवाका कर्मचारी समायोजनका क्रममा गडबडी गरेका उनीविरुद्ध स्वास्थ्यका कर्मचारी पदस्थापन गर्दा आर्थिक चलखेल गरेको चार्ज लाग्दै आएको छ ।

मन्त्री ढकाल स्वास्थ्यमन्त्री बनेको तेस्रो दिन नेकपानिकट स्वास्थ्यमन्त्री कहाँ डेलिगेसनमा पुगेर श्रेष्ठले अन्याय गरेको दुःख बेसाएका थिए ।

आजको जनआस्था साप्ताहिकमा खबर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर