Aamsanchar

जीवनमा सफलता हात पार्ने सूत्रहरु

Author Image
बिहिवार, फागुन १५, २०७६

हामी सबै आफ्नो जीवनमा सफलता चाहान्छौ । सबैलाई जित्न चाहान्छौ । आफ्ना ईच्छा र चाहानाहरु पूरा गर्न चाहान्छौ । हाम्रा हर प्रयास र गतिविधिहरु कुनै न कुनै क्षेत्रमा, कुनै न कुनै ठाउँमा र कुनै न कुनै कुरामा सफलता प्राप्त गर्ने नै हुन्छन ।

हामी मध्ये कोहि पैसा कमाउन सफल हुन चाहान्छौ होला, कोहि व्पापार, कोहि राजनीति, कोहि जागिर त कोहि समाजसेवामा सफलता प्राप्त गर्न चाहान्छौ । जे होस हाम्रो ईच्छा, चाहाना र उद्देश्य फरक(फरक होला तर हामी सबैको प्रयास भनेको कसरी सफलता प्राप्त गर्ने भन्ने नै हुन्छ ।

मान्छको प्रवृत्ति र अहिलेको उपभोगबादी संस्कारले गर्दा अहिलेका धेरै मानिसहरु रातारात धनि बन्ने चाहानेले गर्दा कोहि कालोबजारी गर्न सफल हुने, कोहि चोरी – डकैति गर्न त कोहि आजको भोलि लोकप्रिय हुने र कोहि रातारात सर्वशक्तिमान बन्न सफल हुने चाहाना पनि राख्छन । यस्ता नकारात्मक र अनैतिक तवरबाट सफल बन्न चाहाने मान्छे पनि धेरै हुन्छन । तर के वास्तबमा ऊनीहरु साच्चै सफल हुन्छन त रु तपाईलाई लाग्ला – कोहि मानिसले रातारात धनि हुने चाहाना राखेको थियो र ऊ विभिन्न हत्कण्ठा अपनाएर, कालोबजारी गरेर, ढाटरे छलेर, धनि पनि भयो ।

अनि तपाई भन्नुहोला ऊ सफल भयो त । तर होईन गहिरिएर विचार गर्नुहोस त के ऊ साच्चै सफल भयो त रु अँह ऊ केहि धनसम्पति जम्मा पार्न सफल त भयो होला तर ऊ वास्तबिक जीवनमा झन असफल भएको हुन्छ । किनकि उसले रातारात धनि हुन गरेका विभिन्न हर्कतले उसलाई चैनको सास फेर्न दिएको हुदैन, उसको मन भतभति पोलेको हुन्छ, ऊ रातमा निद न दिनमा भोक प्यास भएको हुन्छ ।

ऊ भौतिकरुपमा सम्पन्न भएर पनि मानसिकरुपमा साह्यै दरिद्र बन्न पुग्छ । ऊ भित्रीरुपमा निक्कै कमजोर भएको हुन्छ । के तपाई यसलाई सफलता प्राप्त गरेको मान्न सक्नुहुन्छ रु अहँ यो सफलता हुदै होइन । यो त केवल एउता भ्रम हो । हामी यस्तै भ्रमको पछि लागेको हुदा वास्तबिक सफल हुन सकिराखेका छैनौ । मान्छेले अनैतिक र नकारात्मक कुराको पछि लागेर ऊ जीवनको एउता खुट्किलोमा त सफल होला ,

उसको एउटा चाहाना त पूरा होला तर अन्तत ऊ असफल नै हुन्छ । ‘नहुदा एउटा पिर भए पछि दश वटा पिर’ भनेझै मान्छेलाई अनैतिक र नकारात्मक बाटोबाट पाएको सफलताले झन ठुलो असफलता भोगाउँछ ।

त्यसो भए जीवनमा वास्तबिक सफलता पाउन के गर्नु पर्छ त ? एउटा लडाई होइन सिङ्गो युद्ध जित्ने उपाय के छ त रु आउनुहोस मान्छेलाई साच्चै सफलता दिलाउने केहि आधार र सुत्रहरुको चर्चा गरौः

सफलता प्राप्त गर्ने केहि आधार तथा सुत्रहरु

१, महान लक्ष्यको निर्धारण
२, दृढ संकल्प
३, सकारात्मक दृष्टिकोणको निर्माण
४, सु-स्पष्ट कार्ययोजना
५, निरन्तर संर्घष
६, असल चरिच
७, कल्पनाशक्ति
८, राम्रो सङ्गत
९, लेखन

१०, महान व्यक्तीको बारेमा लेखिएका किताव पढने बानी ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१