Aamsanchar

शून्य भेदभाव दिवस

Author Image
आइतवार, फागुन १८, २०७६

के तपाइँ भेदभाव गर्नुहुन्छ ? आखिर के हो त भेदभाव ? भेदभाव प्रायस् गलत सूचना वा अज्ञानताको डरमा आधारित हुन्छ। भेदभाव परापुर्वकाल देखि हाम्रो समाजमा जरा गाडेर फैलिएको यस्तो बिष हो जसले भगवानको यो सुन्दर संसारमा एक अर्कालाई समान देख्न सक्दैन। कहिले जातीय, कहिले लिङ्ग, कहिले आर्थिक अवस्था,कहिले रङ्ग र कहिलेकाही केहि नया परिस्थितिले सिर्जना गर्ने भेदभाव सायद हामीले आफ्नो समाज नियाल्दा देख्ने पहिलो कमजोरी हो। यदि हाम्रो समाज कुनैपनि किसिमको भेदभावबाट मुक्त हुन सकेन भने हामीले कहिले पनि स्थायी विकास लक्ष्यहरू हासिल गर्न सक्दैनौ।

थुप्रै शिक्षा हासिल गर्यौ हामीले, अहिले २१ औ शताब्दिमा छौ हामि, मानव समुदायले यतिको समय बिताएर आइसक्दा पनि हाम्रो बौद्दिकता अझै हाम्रो समाजमा भएको भेदभावले दर्शाउदछ। प्राय अरु सामाजिक मुद्दा जस्तो भेदभाव अशिक्षासँग मात्र सम्बन्धित छैन, किनकि हाम्रै समाजमा पनि नियालेर हेर्ने हो भने शिक्षित र अशिक्षित बिचमै भेदभाव बुझ्न सकिन्छ। यो बिडम्बनाको विषयलाई विश्वभरिका मानव समुदायको अगाडी प्रश्न बनाएर प्रस्तुत गर्न हरेक वर्षको मार्च १ गते संयुक्त राष्ट्र संघले शुन्य भेदभाव दिवस मनाउने गर्दछ। यो UNAIDS को विशेष पहलमा मनाउन शुरु गरिएको दिवस हो।

UNAIDS मुलत एचआइभी पिडितको सहयोगमा केन्द्रित संस्था हो। एचआइभी पिडितसँग सम्बन्धित कडा भेदभाव संसारको लगभग हरेक भागमा अवस्थित भएकाले आजको दिन ति पिडितलाई पनि कसैले भेदभावको नजरले नहेरुन भन्ने उद्देश्यको साथ UNAIDS को पहलमा शुन्य भेदभाव दिवस २०१७ देखि मनाउन शुरु गरिएको हो। तर आजको दिनले मुलत एचआइभी पिडितसँग मात्र हैन, समाजमा चलिरहेका अन्य किसिमका भेदभावबारे पनि मानव समुदायलाई सोच्न बाध्य बनाउछ।

हामि सबै समान छौ, यो संसारमा मानव मात्र नभई यहाँ बस्ने सबै सजिब निर्जीव बस्तुको उत्तिकै अधिकार रहेको कुरा आजको मानव समुदायलाई बुझाउन खोज्नु जस्तो लज्जित कुरा केहि छैन। एकचोटी मनमा हात राखेर मनन गरौ, के हामीले शुन्य भेदभाव गरेका छौ ? या गर्न सक्छौ ?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 491

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१