Aamsanchar

पशुपतिनाथमा जस्तै झापाको कनकाईमा पनि गंगा आरती सुरु

Author Image
शुक्रवार, फागुन २३, २०७६

बिर्तामोड । झापाको पवित्र धार्मिक नदी कनकाई माई पूर्वीतटमा शुक्रबार कनकाई माई गंगा आरती उद्घाटन भएको छ ।

धार्मिक पर्यटन प्रर्वधन र वातावण संरक्षण र शुद्धीकरण गर्ने अभियन अनुसार कनकाई माई गंगा आरती शुरु गरिएको आयोजक संस्था ग्लोवल मल्टी कल्चर अर्गनाईजेशन नेपालका अध्यक्ष लक्ष्मीप्रसाद बुढाथोकीले बताएका छन ।

पशुपतिनाथ मन्दिर बागमती तटका १३ बर्ष अघि बागमती गंगा आरती सुरु गराएर हालसम्म दैनिक आरती हुदै आएको र कनकाईमा पनि समय मिलाएर नियमित आरती संचालन गरेर कनकाईमा धार्मिक पर्यटक भित्रयाउन सकिने र मानिसको मन र वातावरण शुद्धीकरण गर्न आरतीले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष बुढाथोकीले धारणा व्यक्त गरेका छन ।

कनकाई उद्योग बाणिज्य संघ सुरुंगाको व्यवस्थापन, कनकाई नगरपालिका र कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम संरक्षक रहने गरि सुरु गरिएको आरतीमा ५ जना धार्मिक कलाकारहरुले गंगा आरती गरेका थिए । आरतीमा धुप, वाती, कपुर द्वारा द्वीप प्रज्जवलीत गरिएको थियो ।

संध्या गंगा आरती सुभारम्भ कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद हिराकुमार थापा, धार्मिक गुरु हेमानन्द गिरी, स्वामी भागतचार्र्यमहाराज, नेपाली काँग्रेसका नेता तथा स्थानिय देउकुमार थेवे, बिर्तामोड नगर प्रमुख ध्रुबकुमार शिवाकोटी, कनकाई नगर उपप्रमुख मञ्जु प्रसाई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले कनकाई गंगा आरती सुरुवात हुनु कनकाईको मात्र नभएर आम झापावासीको लागि गौरवको कुरा भएको बताएका थिए ।

कनकाई गंगा आरतीलाई निरन्तता दिन चुनौती त आफैमा छ तर जहाँ चुनौती हुन्छ त्यहाँ सामाजिक प्रतिफल पनि राम्रो हुने भएकोले धर्म संस्कृतिको संरक्षण संगै सामाजलाई आर्थिक उन्नतीको मार्गमा डोहोर्याउने काम गर्नु हामि सबैको दाहित्य भएकोले कनकाईका सबै संघ संस्था नागरिक समाजले गंगा आरती संचालनको लागि दिगो आर्थिक व्यवस्थापन जुटाउन लाग्नु पर्ने कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरियाले धारण राखेका छन ।

कार्यक्रमा वरिष्ठ भजन गायक धर्म दास बुढाथोकीले भजन प्रस्तुत गरेर उपस्थित २ हजार भन्दा धेरैलाई मन्त्रमुग्ध गराएका थिए ।  कार्यक्रमको संचालन कनकाई उद्योग बाणिज्य संघका महासचिव तुलसी विमलीले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 864

प्रतिक्रिया (०)

सम्बन्धित खबर