Aamsanchar

२५ लाखको काम १५ लाखमा सम्पन्न, क्षितिज नाट्य समूहले दियो ईमान्दारीताको परिचय

Author Image
बुधवार, फागुन २८, २०७६

बिर्तामोड । क्षितिज नाट्य समूह को अगुवाइमा बिर्तामोड १ देवी पञ्चकन्या उतरमा निर्माणाधीन अबस्थामा रहेको बहु जातीय बहुभाषी बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणको लागि २५ लाख बजेट निर्धारण गरेर काम सुरु गरिएकोमा समितिले १५ लाखमा नै निर्माण सम्पन्न गराएको छ ।
निर्माणको लागि २५ लाख बजेट प्राप्त भएको थियो उक्त बजेटलाई सहिसदुपयोग गर्दै कामलाई ईमान्दारी पूर्वक गरेको कारण १५ लाखमैै तोकिएको काम सम्पन्न हुन सकेको र १० लाख रुपैया बचत गर्न सफल भएको बताईएको छ ।

कमिसन र भ्रष्टचारले ग्रस्त बन्दै गएको अवस्था, विभिन्न निर्माण कार्यहरु बजेट नपुगेको भन्दै अलपत्र पार्ने र बनेको पनि कमसल हुने गरेकोे धेरै प्रमाण देखिएको अवस्थामा नाटक घरलाई प्राविधिक मापदण्ड पुरा गरेर, रकम पनि बचाउन सक्नु क्षितिज नाट्य समूहको अगुवाइमा भएको नाटक घर निर्माण समितिले ईमान्दारीको परिचय दिएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुब शिवकोटीले प्रशंषा गरेका छन ।

नाटक घर निर्माणका लागि प्रदेश सांसद बिकास कोष बाट प्राप्त १० लाख र संघिय सांसद बिकास कोष बाट १५ लाख गरि जम्मा २५ लाख रकम रहेकोमा खर्च जोगाउदै कलाकार तथा उपभोक्ता समितिको प्रत्क्ष्य श्रमदान गरेकाले समुहले १० लाख १६ हजार ६ सय ३१ रुपैया बचत गर्न सफल भएको लिखित रुपमा बिर्तामोड नगरपालिका मार्फत सार्वजनिक गरिएको छ ।

सडकमा एक ब्यक्ति १ इट्टा मागेर नाटक घर बनाइ रहेको क्षितिज नाट्य समूहले अन्य क्षेत्रको उपभोक्ता समितिलाई ईमान्दारी पूर्वककाम गर्ने हो भने सरकारको बजेट दुरुपयोग नहुने दरिलो उदाहरण पेश गरेको छ, यसको सबैले अनुसरण गर्न सके विकास निर्माण र पारदर्षितामा ठुलो योगदान पुग्न सक्ने बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृृत पशुपति खतिवडाले धारणा राखेका छन ।

मुलुकको सबै भन्दा ठुलो समस्या भनेकै स्थानिय तह देखि सदन सम्म ब्याप्त भष्ट्रचार बिरुद्ध को उदाहरण सर्व प्रथम आफुबाटै पेश गर्न क्षितिज नाट्य समूहले आफुले श्रमदान गरेर प्राप्त रकम बचाउन सफल भएको समूहका केन्द्रीय अध्यक्ष माधब कल्पितलको भनाई रहेको छ ।

झापाका सामाजिक ब्यक्तितब बिकास प्रेमी ब्यक्तितब ज्ञानुराम प्रसाइको नेतृत्वमा बन्दै गरेको नाटक घर को ३५ प्रतिशत काम सम्पन्न भैसकेको र अब निकट भबिश्यमा यसको कार्यसम्पन्न गर्ने दिशामा लागि परेको ब्यबस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईले जानकारी दिए ।

मरुभूमिमा वृक्ष उमारेर भ्रष्टचार नियन्त्रणको अभियानमा आफैले कर्म गरेर अरुलाइ पनि पेरित गर्न क्षितिज नाट्य समूह एक भएर अभियानमा जुटेको नाट्य समूहका बरिष्ठउपाध्यक्ष हरिप्रसाद भण्डारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 553

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१