Aamsanchar

कोरोनाका कारण श्रीलङ्काको दुई ठाउँमा कर्फयू

Author Image
बुधवार, चैत ५, २०७६

श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कर्फयू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कफ्र्यूको आदेश दिइएको अधिकारीले जनाएका छन् ।

प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कफ्र्यू आदेश जारी भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् । कफ्र्यू लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर