Aamsanchar

नेपाली हस्तकलालाई प्रोत्साहन गरौँ

Author Image
बिहिवार, चैत ६, २०७६

काठमाडौं – नेपाल परम्परागत कला र संस्कृतिमा मात्र नभई मौलिक हस्तकला उत्पादनमा पनि अग्रणी छ । यहाँका उत्पादन संसारमै पृथक् नमुनाका रूपमा स्वीकार गरिन्छ । खासगरी फेल्ट, धातुकला, पस्मिना, काष्ठकला, पेपर क्राफ्टलगायतका नेपाली उत्पादन विश्वमा निकै लोकप्रिय छन् । नेपाली उत्पादन अमेरिका, युरोप, जापान तथा क्यानडालगायतमा मुलुकमा लोकप्रिय मानिन्छन् । ती मुलुकबाट नेपाल आउने पर्यटकको रोजाइमा पनि हस्तकला सामग्री पर्ने गरेका छन् । तर, नेपाली हस्तकला अझै पनि आमउत्पादन (मास प्रडक्सन) को तहसम्म पुग्न सकेको भने छैन । यसका लागि न नीतिगत व्यवस्था हुन सकेको छ, न त लगानीका लागि प्रयास नै । त्यसैले मौलिक हस्तकला साँघुरो घेरामा सीमित छ । तर, मुलुकभित्र उपलब्ध साधनस्रोतको अवस्था हेर्दा यो अथाह सम्भावना भएको क्षेत्र हो भन्नेमा सन्देश छैन । शतप्रतिशतभन्दा बढी नै भ्यालु एड गर्न सकिने र अरूले सहजै नक्कलसमेत गर्न नसक्ने भएकाले पेटेन्ट राइटसमेत लिन सकिने भए पनि यसको प्रवद्र्धन भने प्रभावकारी रूपमा हुन सकेको पाइँदैन । त्यसो त सरकारले हस्तकला नीति नबनाउँदा व्यवसाय प्रवद्र्धन र उत्पादित सामग्री प्रचारमा समस्या हुने गरेको गुनासो व्यवसायीको छ । नेपाल हस्तकला महासंघले वार्षिक हस्तकला व्यापार मेला आयोजना गरेर प्रवद्र्धनात्मक काम गरिरहेको छ । त्यसो त हस्तकला व्यवसाय आफैंमा प्राविधिक कामसमेत हो । नेपालमा यो व्यवसायका लागि चाहिनेभन्दा निकै थोरै मात्रै जनशक्ति उपलब्ध भएकाले तालिमलगायत उत्पे्ररणाको खाँचो छ ।

नेपाली कलाकारहरुले मात्रै उत्पादन गर्ने मौलिक हस्तकलाको चिनियाँ र भारतीयले नक्कल गर्न थालेपछि व्यवसायीहरु चिन्तित बनेका छन् । हस्तकला व्यवसाय मात्रै नभएर नेपाली मौलिक धर्म र संस्कृति पनि भएको भन्दै उनीहरुले बाह्य उत्पादनको हस्तक्षेप रोक्न सरकारसँग माग गरेका छन् ।

चीन र भारतको डुप्लिकेसन

नेपालबाट उत्कृष्ट हस्तकला भन्दै विदेशीले किनेर लगेको मुर्तिहरु डुप्लीकेसन गरेर सस्तो मूल्यमा बेच्न थालिएको व्यवसायी अबिनास श्रेष्ठ बताउँछन् । यस्ता नक्कली उत्पादन नेपालमै समेत छ्याप्छ्याप्ती पाइन थालेका छन् ।यो बन्दै हुनुपर्छ श्रेष्ठले बताए।

हस्तकला व्यवसायी सुर्य तेज शाक्य साना ठूला मूर्तिहरुमा यस्तो समस्या अत्याधिक देखिएको छ भन्नुहुन्छ । ‘नेपालबाट पठाएको सामान नेपालमै उस्तै र सस्तोमा बिक्रि भईरहेको हामीले पायौँ,’ शाक्य भने ।

नेपाल गुणस्तरीय हस्तकला निर्माणमा अब्बल रहे पनि ठूलो परिमाणको उत्पादन गर्न सक्दैन । यही कमजोरीमा टेकेर विदेशीहरुले अनाधिकृत व्यापार गरेको उनको भनाइ छ ।
त्यस्तै काठमाडौं न्यूरोडमा हस्तकला व्यवसायी सुर्य तेज शाक्य९ एस।टि० का अनुसार हस्तकला व्यवसाय मात्रै नभएर धर्म र समाजको बिम्व भएको तर्क गर्छन् ।

‘नेपालमा मास प्रोडक्सन छैन भन्दैमा नेपाली कला–संस्कृति नक्कल गरेर विदेशीले विश्वभर व्यवसाय गर्न पाउँदैनन्,’ उनले भने । चीनका कतिपय बजारमा नेपाली भन्दै हस्तकलाको नक्कली उत्पादनको बिक्री वितरण भईरहेको शाक्याले बताए ।

कलाकार विदेशिंदै

विदेशीहरुले नेपाली हस्तकला कलाकारहरु नै आकर्षक सुविधा दिएर विदेश लैजान थालिएको नेपाल हस्तकला व्यवसायी अबिनास श्रेष्ठको दावी गरे । कति कलाकार त्यसरी बाहिरीए भन्ने यकिन अभिलेख नभए पनि हरेक वर्ष कलाकारहरु विदेशमा काम गर्न जाने दर बढेको उनी बताउँछन् ।
त्यसरी गएका कलाकारहरु प्रयोग गरेर चिनीयाँहरुले नेपाली शैलीमा चाँदीको गरगहना र मुर्तीहरु निर्माण गर्न थालेको व्वसायी बताउँछन् ।

अनौपचारिक तथ्यांकअनुुसार ११ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको र अर्बौंको निकासी भइरहेको यस क्षेत्रमा सरकारको उपस्थिति र व्यवसायीको भूमिका तथा यसबाट मुलुकको सबैभन्दा ठूलो समस्याका रूपमा देखा परेको व्यापारघाटा न्यूनीकरणमा देखिएको समस्यालगायतका विषयमा प्रस्तुत छ सरोकारवालाहरूको धारणा :

हस्तकलाको विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचानलाई उच्च बनाउन महासंघले बर्सेनि मेला आयोजना गर्दै आएको छ । हस्तकला र समृद्धिका सम्भावनाहरू भन्ने नाराका साथ गरिएको यो मेलाले स्वदेश तथा विदेशमा एकैसाथ नेपाली हस्तकलाका सामग्रीलाई चिनाउन सहयोग पुराउनेछ । हस्तकला क्षेत्रले निर्यात व्यापारका साथै गरिबी निवारणमा पनि ठूलो भूमिका खेलेको छ । गरिबीको रेखामुनि रहेको जनसंख्यालाई पनि यस क्षेत्रले समेटेको छ । अमेरिका, युरोपियन मुलुकहरू, चीन, भारतलगायत अन्य मुलुकहरूमा २५ भन्दा बढी विभिन्न प्रकारका हस्तकला वस्तुहरूको निर्यात भइरहेको छ । हस्तकला क्षेत्रमा झन्डै ११ लाख व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपबाट रोजगारी प्राप्त गरिरहेका छन् ।

सरकारले हस्तकलाको विकासका लागि कुनै नीति ल्याउन सकेको छैन, जुन सबैभन्दा विडम्बनाको कुरा हो । यसले गर्दा गाउँ–गाउँमा रहेका सीप र उत्पादन प्रवद्र्धन हुन सकेको छैन । अर्कातर्फ नेपालमा विभिन्न जात–जाति छन् । उनीहरूको आफ्नै जातीय मौलिक हस्तकला छन् । तिनीहरूको सीप प्रवद्र्धन पनि उत्तिकै जरुरी छ । यस क्षेत्रमा लगानीको पनि समस्या छ । बैंक तथा वित्तीय संस्थाले उद्योग प्रवद्र्धन र रोजगारी सिर्जनामा लगानी कम गरेकाले सरकारले नीतिगत सम्बोधन गर्नुपर्ने आवश्यकता छ । पछिल्लो समय नेपाली उद्यमीलाई कच्चा पदार्थको निकै समस्या हुँदै गएकाले यसमा पनि ध्यान दिनु उत्तिकै आवश्यक छ ।

नेपाली हस्तकलाको उत्पादन तथा निर्यात प्रवर्द्धनका लागि सरकारले सहुलियत ब्याजदरमा ऋण र नगद सहुलियतको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुले माग गरेका छन् ।

हस्तकला नेपाललाई चिनाउने क्षेत्र हो । यसले नेपाललाई विश्वमा चिनाएको छ । नेपालको अर्थतन्त्रलाई चलाउने महत्वपूर्ण क्षेत्र पनि हो । नेपाल उद्योग वाणिज्य महासंघको सक्रिय सदस्यका रूपमा पनि हस्तकला क्षेत्र रहेको छ । नेपालको गरिबी निवारणमा ठूलो भूमिका खेलेको छ । त्यसैगरी राजगारी सिर्जनामा पनि हस्तकला क्षेत्रको उत्तिकै महत्व छ । विभिन्न जातिलाई पनि हस्तकलाले समेटेको छ । विभिन्न विपन्न वर्गलाई पनि हस्तकला क्षेत्रको योगदान महत्वपूर्ण छ । महिलाहरूको हकमा पनि हस्तकला क्षेत्रमा सहभागिता बढ्दो छ । महिला उद्यमी महासंघमा पनि झन्डै ७५ प्रतिशत महिला हस्तकला क्षेत्रको हुनुहुन्छ । यो क्षेत्रले सरकारले चाहेको इन्क्लुसिभ विकासमा सघाउ पुराएको छ ।
नेपाली हस्तकला विश्वमा निकै चर्चित छ । यसको उदाहरण ललितपुर विश्व कला सहरमा घोषणा भएको छ । यो समग्र हस्तकला क्षेत्रका लागि गर्व गर्न लायक कुरा हो । देश अहिले आर्थिक समृद्धितर्फ अगाडि बढेको छ । अहिलेको ठूलो चुनौती भनेको व्यापारघाटा हो । यसलाई सम्बोधन गरिनुपर्छ । ०३१र३२ मा कुल गार्हस्थ्य उत्पादनको झन्डै ४९ प्रतिशत निर्यात हुन्थ्यो भने २०५० सालमा आउँदा ३० प्रतिशत र ०७३र७४ कुल गार्हस्थ्य उत्पादनको २।८ प्रतिशत मात्रै निर्यात भएको अवस्था छ । यो निजी क्षेत्र र सरकार दुवैका लागि डरलाग्दो अवस्था हो । व्यापारघाटा कम गर्न हस्तकला क्षेत्रको योगदान बढाउन सकिन्छ । यसमा सरकारको ध्यान जानुपर्छ ।

नेपालमा हस्तकलाको भविष्य तथा सम्भावना कस्तो देख्नुहुन्छ ?
नेपालमा हस्तकलाको भविष्य निकै रम्रो छ, किनकि हरेक जिल्लामा रहेका कच्चा पदार्थ कुहिएर, खिइएर खेर गइरहेका छन् । यस अवस्थामा हस्तकलाका विभिन्न समानहरू बनाएर विदेश तथा आन्तरिक बजारमा पठाउन सके आर्थिक हिसाबले देशको हैसियत माथि उठाउन सकिन्छ भने नेपाली राष्ट्रिय पहिचानलाई समेत विश्वमा चिनाउन सकिने राम्रो सम्भावना छ ।

हस्तकलाबाट बेरोजगारी कम गरी गरिबी घटाउन सकिन्छ । हस्तकला उद्योग व्यवसायबाट नेपाली युवापिँढीलाई स्वरोजगार हुने प्रशस्त अवसर सिर्जना गर्न सकिन्छ । देशभित्र रोजगारीको प्रचुरता बढाई ऊर्जाशील युवा विदेशी भूमिमा गएर श्रम र पसिना बगाउनुपर्ने अवस्थालाई निरुत्साहित गर्न सक्ने उद्योग क्षेत्रको रूपमा हस्तकला उद्योग व्यवसायलाई विकास गर्न सकिने ठूलो सम्भावना पनि छ ।

अर्थमन्त्रीले बजेटमा प्रतिवर्ष ५ लाख व्यक्तिलाई रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारीमा जानेलाई कम गर्ने र विदेश जाने प्रवृत्तिलाई छिटै अन्त्य गर्ने तथा उद्योग र उत्पादन क्षेत्रमा राष्ट्रिय उत्पादन वृद्धि गर्छ भनेर बजेटमार्फत सम्बोधन गर्नुभएको छ । हस्तकलाको क्षेत्रमा प्रतिवर्ष ४ देखि ५ लाख व्यक्तिलाई रोजगार बनाउँछौं भनेर हामीले प्रतिबद्धता जनाएका छौं । हस्तकला क्षेत्रले अहिले ११ लाखलाई रोजगारी उपलब्ध गराएको र झन्डै १५ अर्ब राष्ट्रिय उत्पादनमा योगदान दिएको छ । नेपालको संस्कृति संसारभरि चिनाउन सफल भएका छौं ।
नेपालको कलात्मक संस्कृतिलाई संसारभर बेच्न सफल भएका छौं । यस क्षेत्रलाई नीतिगत रूपमा स्थापित र प्रवद्र्धन गर्नुपर्ने खाँचो छ । यस व्यवसायलाई नीतिगत रूपमा प्रवद्र्धन गरेर स्थापित गर्नु आवश्यक देखिन्छ । नेपाल उद्योग परिसंघको प्रबुद्ध समूहले कसरी आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ र आर्थिक समृद्धि प्राप्त गर्न कानुन कहाँ–कहाँ बाधक छन् भनेर सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ । राज्यले हस्तकलाको क्षेत्रमा लगानी ग¥यो भने वर्षमा ५ लाख मानिसलाई सजिलै रोजगारी उपलब्ध गराउन सकिन्छ । यसलाई विस्तार गर्दै गयो भने १५ अर्ब रहेको करोबार बढाएर २४ देखि २५ अर्ब पुराउन सकिन्छ, जसका कारण पनि हस्तकलाको क्षेत्रलार्ई व्यवस्थित गर्नका लागि उद्योग मन्त्रायलले नीतिगत रूपमा पहल गर्नुपर्ने हुन्छ ।
कच्चापदार्थ आयातका लागि छुट र हस्तकलाका सामान निर्यातका लागि प्रोत्साहन दिइनुपर्छ । यस क्षेत्रमा दुःखको कुरा के छ भनेर हिजोदेखि लागिरहेका व्यक्तिका दोस्रो पुस्ताले यो व्यवसायलाई ग्रहण गर्न सकेका छैनन् । अन्तर्राष्ट्रिय श्रम बजारमा जान तयार छन्, तर यस क्षेत्रमा काम गर्नका लागि कोही पनि तयार छैन, जसको कारणले गर्दा पनि निःशुल्क हस्तकलाका सीप प्रत्येक स्थानीय तवरबाट तालिम दिएर समायोजित गर्न सके दुई वर्षपछि ५ लाख जनालाई यही क्षेत्रबाट रोजगारी दिन सक्छौं ।

हस्तकला व्यवसाय प्रवद्र्धन गर्न के–कस्तो सुविधा चाहिन्छ भन्ने कुरा सरकार–निजी क्षेत्र मिलेर राम्रो खाका तयार गर्नुपर्छ । मुलुकमा आयात बढिरहेका बेला हस्तकलाका सामानको निर्यात प्रवद्र्धन गरेर आयातलाई प्रतिस्थापन गर्न सकिन्छ । निर्यात प्रवद्र्धन कसरी गर्न सकिन्छ भनेर सरकार र निजी क्षेत्र मिलेर लाग्यो भने राम्रो बाटो लिन सक्छ । निर्यातमा ५ प्रतिशत सहुलियतका साथै कुनै पर्यटक नेपालमा आएर कुनै सामान खरिद गर्छ ऊ फर्कंदाखेरि उसले लिएको बिलबिजक विमानस्थलमा प्रस्तुत ग¥यो भनेर ५ प्रतिशत छुट दिन सके पर्यटन पनि बढ्ने र व्यवसाय पनि बढ्ने देखिन्छ ।
निर्यात प्रवद्र्धनका लागि आन्तरिक सम्बन्ध भएको कृषि, वन अन्य क्षेत्रमा स्वदेशमा कसरी कच्चा उत्पादन र प्रवद्र्धन गर्ने भनेर लाग्नुपर्छ । देशमा डाक्टर, इन्जिनियर मात्र नभएर हस्तकलाको क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गर्नतर्फ लाग्नुपर्छ । यस क्षेत्रमा धेरै रोजगारीको सम्भावना भएकाले यस क्षेत्रको प्रवद्र्धन र विस्तारमा सरकारले विशेष ध्यान दिइनुपर्छ ।

हस्तकला नीति बनेन
नेपाल सरकारले हस्तकलाको विकासका लागि कुनै नीति ल्याउन सकेको छैन । सबैभन्दा विडम्बनाको कुरा हो । यसले गर्दा गाउँ–गाउँमा रहेका सीप र उत्पादन प्रवद्र्धन हुन सकेको छैन । त्यसलाई प्रवद्र्धन गर्न महासंघले जिल्ला संघ परिचालन गरेर काम गरिरहेको छ । महासंघकै पहलमा नीति बनाउन लागेका छौँ । उद्योग मन्त्रालयसँग सहकार्य गरेर काम अगाडि बढाउछौँ ।
जातीय मौलिक हस्तकलाको प्रवद्र्धन भएन
नेपालमा विभिन्न जात–जाति छन् । उनीहरूको आफ्नै जातीय मौलिक हस्तकला छन् । तिनीहरूको प्रवद्र्धन भएको छैन । सरकारले पनि योजना बनाएर तिनीहरूको बजार विस्तार गर्न सकेको छैन । महासंघले अहिले त्यस्ता हस्तकलाको पहिचान र प्रचारप्रसारका लागि पनि काम गरिरहेको छ । हस्तकला महासंघको जिल्ला संघ छन् । हामीले साना व्यवसायीको प्रवद्र्धन गर्न जिल्ला संघलाई निःशुल्क स्टल उपलब्ध गराउँदै आएका छौँ । उनीहरूले आफ्नो जिल्लामा भएका हस्तकला संकलन गरेर एउटै छानामुनिबाट बिक्री गरिरहेका छन् ।

वित्तीय संस्थाले गर्दैनन् लगानी
नेपालको बैंक तथा वित्तीय संस्थाले उद्योग प्रवद्र्धन र रोजगारी सिर्जनामा लगानी कम गरेका छन् । यति हुँदाहुँदै पनि महासंघको प्रयासमा सिभिल बैंकसँगको सहकार्यमा कालिगढ कर्जा व्यवस्था मिलाएका छौँ । बैंकले विनाधितो ऋण दिने व्यवस्था मिलाएका छौँ । सीप भएर पनि लगानी नभएका लगानीकर्ताले यसबाट फाइदा लिन सक्छन् । हामीले धेरै बैंकसँग प्रस्ताव राख्यौँ । एउटासँग मात्र सहकार्य हुन सक्यो, जुन अहिलेसम्म चलिरहेको छ ।

विश्व बजारमा प्रतिस्पर्धा गर्न कठिन
हामीले नीति बनाउन नसक्नु सबैभन्दा ठूलो समस्या हो । नीति नबनेसम्म जति काम गरे पनि सफलता प्राप्त हुँदैन । यसमा सरकारको पनि कमजोरी छ । बजारको त्यस्तै समस्या छ । हामीले विश्वका विभिन्न मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्छ । भारत र चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्छ । उनीहरू प्रविधिमा निकै अगाडि छन् । हामीले त्यो काम गर्न सकेका छैनौँ । बजारमा उनीहरूका उत्पादन अगाडि पुग्छन् ।

कच्चा पदार्थको समस्या
नेपाली उद्यमीलाई कच्चा पदार्थको निकै समस्या छ । भारत तथा चीनमा आफ्नै देशभित्र धेरै कुरा उपलब्ध छन् । हामीभन्दा उनीहरू धेरै अगाडि छन् । भनेको वेला भनेजति सामग्री उनीहरूले पाउँछन् । त्यही कुरा हामीसँग छैन । एउटा सामान पाउन पनि महिनौँ लाग्न सक्छ, सोही कारण उत्पादनमा पनि ढिलाइ हुने गरेको छ । कच्चा पदार्थ आयात गरेर सामान उत्पादन गर्दा लागत पनि महँगो हुने भएकाले समस्या छन् ।

सरकारी सहयोग छैन
मौलिक उत्पादन प्रवद्र्धनका लागि संसारका विभिन्न मुलुकले प्रोत्साहन नीति ल्याइरहेका हुन्छन् । सरकारी सहयोगबाट ती देशका आन्तरिक उत्पादनले विश्व बजारमा धेरै हिस्सा पनि ओगटिरहेका छन् । हामीले हस्तकला सामान निर्यात गर्दा सहुलियत पाएका छैनौँ । सरकारले हामीलाई प्रोत्साहन गर्नुपर्ने भए पनि गरेको छैन । भारत, पाकिस्तान तथा बंगलादेशमा सरकारले धेरै प्रोत्साहन गरिरहेको छ । बंगलादेश सरकारले मात्रै हस्तकला उत्पादनमा १७ प्रतिशत प्रोत्साहन दिन्छ । हाम्रोमा भएको २ प्रतिशत व्यवस्था कार्यान्वयनमा धेरै जटिलता छ । व्यवसायीलाई त्यो रकम पाउन धेरै झन्झट व्यहोर्नुपर्ने अवस्था छ।

दक्ष जनशक्ति अभाव
हस्तकला व्यवसाय प्राविधिक काम हो । नेपालमा यो व्यवसायका लागि चाहिनेभन्दा निकै थोरै मात्रै जनशक्ति उपलब्ध छ । नेपालमा जनशक्ति नै नभएको भन्ने होइन, तर पर्याप्त मात्रामा छैन । अहिले धेरै नेपाली विदेश पलायन भइरहेका छन् । केही सीप भएका व्यक्ति पनि विदेशिएका छन् । अर्कोतर्फ व्यावसायिक तालिम दिने संस्था छैन । सरकारले यता ध्यान दिने हो भने यो क्षेत्रमा धेरै आकर्षित गर्न सकिन्छ । सरकारले आफ्नो तहबाटै काम गर्नुपर्छ । महासंघले ‘डिजाइन सेन्टर’ स्थापना गरेको छ । वार्षिक ५ सयदेखि १ हजार दक्ष जनशक्ति उत्पादन हुने गरेको छ । तर, यो पर्याप्त छैन । सरकारले नै तालिमलगायत व्यवस्था गरिदिनुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 808

प्रतिक्रिया (०)

सम्बन्धित खबर