काठमाडौं। अमेरिकाको टेक्ससमा बसेर नयनपाण्डे नाम गरेको युवाले काठमाडौंको टेकु अस्पतालमा कोरोनाबाट मान्छे मरेको लासदेखेको भन्दै अफवाह फैलाएको पाइएको छ । पाण्डेले फेसबुकमा पोष्ट गरेको टिकटक भिडियोको आधारमा उनी टेक्ससमा रहेको र नेपालीलाई मानसिक यातना दिन यस्तो काम गर]को पाइएको हो ।
उनले ‘टेकु अस्पतालमा‘ को कोरोनाबाट मृत्यु’ भएको भन्दै सामाजिक संजालबाट अफवाह फैलाएका हुन । टेक्ससमै रहेका पत्रकार रामचन्द्र भट्टले उनको नाम नयन पाण्डे रहेको खुलासा गर्नुभएको छ । नयन पाण्डेको नाममा एकाउण्ट भएको कुपात्र टेक्ससमै बस्ने रहेछ, भट्टले लेख्नुभएको छ ।
यस्तो छ अफवाह फैलाउने पाण्डेको बिषयमा भट्टको टिप्पणी
‘टेकु अस्पतालमा कोरोनाबाट मृत्यु’ भएको भन्दै सामाजिक संजालबाट एउटा कुपात्रले अफवाह फैलाएको भेटेँ । नयन पाण्डेको नाममा एकाउण्ट भएको कुपात्र टेक्ससमै बस्ने रहेछ ।यो मानसिक आतंककारीलाई पक्राउ गर्न नेपाल प्रहरीले अमेरिकी प्रहरीलाई पत्राचार गरिसकेको जानकारी प्राप्त भएको छ । साथै फेसबुकको मुख्यालय पालोआल्टोलाई पत्राचार गरेको बुझिएको छ ।
टेक्ससमा बस्ने आदरणीय नेपाली समुदायका साथीहरु, यो व्यक्ति उसको अफवाहयुक्त भिडियोलाई हेर्दा क्षमा दिने खालको छैन । तसर्थ यसलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरौँ । हामी टेक्ससमा मात्र नभएर अमेरिकामा बस्ने नेपालीको यसले बेइज्जत गरेको छ । सारा संसारलाई संकट परेको बेलामा खेलाँची नगरौँ । यो समय भाईरल हुने समय होइन ।