वडा अध्यक्षको अगुवाइमा- हरेक वडालाई २०-३० घरको युनिटमा बिभाजन गरौ । हरेक युनिटमा भरपर्दो टिम लिडर घोषणा गरौ । टिम लिडरले आफु सहित पाँच जनाको ‘ युनिटएक्सन टिम बनाऔ । हरेक Covid-19 Unit_Action_Team ले चार 4R को काम गर्छ ।
पहिलो R रेकर्ड- हरेक घरको हरेक सदस्यको विवरण – नाम, उमेर, लिङ, कहिले देखी (टोलमा बसेको र भर्खरै यात्रा गरेको भए कैफियत)
दोश्रो R रिकग्नाइज: (पहिचान) सम्भावित लक्षण, जोखिमका परिवार, अन्य आब्श्यकता, आपुर्ती (बालबालिका, बुढाबुढी उमेर र गर्भवती तथा बिरामी)
तेश्रो R रेगुलेट: (परिचालन) लकडाउनको बेलामा भित्र बस्ने, सरसफाइ, जानकारी प्रबाह र सामाजिक अनुशासन अनुशरण, सार्वजनिक स्थल (धारा, पसल आदी पालो बनाउने)
चौथो R रिपोर्ट: सम्भावित लक्षण देखापरे तु रिपोर्ट गर्ने, तथ्य रिपोर्ट गर्ने र प्रेषण गर्ने र स्वास्थ्य अवस्था बुझ्ने यत्ती चार R को योजना तत्काल लागु गरेर हामी सम्भावित सन्क्रमणको साङ्लो तोडन सक्छौ, लक्डाउनका साथै यो ब्यबस्था तुरुन्तै मिलाउ पछी सन्क्रमण फैलिएपछी हामी सँग समय र सुबिधा हुने छैन ।
सुझाव कर्ता सुरेश खतिवडा हुन, उनी बिर्तामोड स्थित औषधि व्यवसाय संचलन गर्दै आएका छन ।