Aamsanchar

समाचार प्रभाव : दिन दुःखीको साथमा दिवाकर

Author Image
शुक्रवार, चैत २१, २०७६

कोरोना भाईरसले विश्वलाई यतीवेला आक्रान्त बनाएको छ । त्यसको असर नेपालमा पनि परेको छ । नेपालमा हाल ६ जनामा संक्रमण देखा परेको छ । अझै बढने संभावना उच्च छ । कोरोना भाईरस फैलन नदिन सरकारले देश नै लकडाउन गराएको छ ।

लकडाउनका कारण सर्वसाधारणको जीवन सुरक्षित हुन मद्धत पुगेकोछ भने, जनजीवन भने कष्टकर बन्दै गएको छ । विपन्न वर्गका नागरिक हरु अभावमा बाच्नु पर्ने अवस्थामा आईपुगेका छन । समाजमा रहेका विपन्न वर्गलाई सरकारले रहातका प्याकेजहरु ल्याएको छ । कतै बाढ्नेकाम त कतै तयारी भई रहेको छ । उनिहरुलाई भोकै रहन दिदैनौं भनिरहेका छन जनप्रतिनिधीहरु । तर आफ्नो जीवननै सडकमा विताई रहेकाहरुको लागि स्थानिय सरकारले र अरु कसैले तिनिहरु पनि मान्छे हुन भोकलाग्छ भनेर सोच्न सकेका थिएनन ।
सडकम रहेकाहरु लकडाउन हुनु अघि त विभिन्न होटल अगाडी मागेर र फ्याकिएको खानेकुरा खाएर भए पनि पेट भर्ने गरेका थिए, तर लकडाउनले होटलका सटर र स्थानियहरुको घरको ढोका बन्द भएको छ । कसैलाई घरबाहिर ननिस्कन सरकारले उर्दी गरेकोे छ । सरुवा रोगको महामारीको अबस्थामा निस्कनु पनि निकै जोखिम हुने भएकाले सबै घर घरमै बसेका छन । सुरक्षित रहेका छन । भएको मिठो नमिठो खाएर बाचेका छन ।


तर विडम्बना सडकमा बस्नेहरुको जिन्दगी त्यसै पनि कष्टकर रहदै आएको थियो, अहिले आएर लकडाउनका कारण महाकष्टकर बनिरहेको अवस्थामा आमसंचारले लकडाउनको प्रत्यक्ष असर, सडक नागरिकमा समाचार लेखेपछि भोलीपल्ट अर्जुधाराका एक युवा सडक नागरिकलाई खाना खुवाउने प्रण गरेर सडकमा निस्किएका छन ।
झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्द चोक स्थाई घर भएका सामाजिक युवा दिवाकरलाल चौधरीले दुईदिन देखि बिर्तामोड, अर्जुनधार आसपासमा रहेका सडक नागरिकलाई खाना खुवाउदै हिडेका छन ।


सामाजिक र मानविय सेवाका काम गर्ने विभिन्न संघ संस्थाहरुले अरु निकाय र व्यक्ती संग पैषा मागेर प्रायोजन खोजेर गर्ने चलनलाई चिर्दे आफ्नै खर्चमा घरमै पकाएर दैनिक २० देखि २५ जना सडक नागरिकलाई खाना खुवाउने काम गर्दै आएका छन । यतीवेला म यस्तो काम गर्छु भनेर भन्दा उनलाई पैषा देखि खाद्ययान्न सहयोग गर्नेहरु थुप्रै मनकारीहर भेटिन्थे होला तर उनि समाज सेवा, मानविय सेवा आफ्नै श्रोतबाट गर्दा मानवताको सेवानै जिवनको सर्वोतम कार्य हो भन्ने कुरा आत्मसाथ हुने दिवाकर बताउछन ।
उनको दैनिकी फेरिएको छ । बिहान उठ्यो तरकारी केलायो, भात, दाल, तरकारी परिवारको सहयोगमा पकाईसकेपछी प्याजिङ गरेर झोलामा लिएर बिहान १० बजे शहरका गल्लीहरुमा निस्कन्छन ।


अर्जुनधारा–६ को महान्नद चोकबाट उनको यात्रा सुरुहुन्छ । करिव एक किलो मिटर दक्षिण झरेपछी शनिस्चरे ट्याक्सी स्ट्याण्ड पुग्छन, त्यसै गरी बुधबारे हटीया हुदै मुख्य राजमार्ग हुदै किरातचोक पुग्छन त्यहाँ दुईजना स्थाई रुपमा बस्ने असाहय हरुछन अरु भने ठाउँ सरी रहन्छन कहिले वल्लो त कहिले पल्लो चोक र गल्लीमा पुग्छन ।
त्याहाँबाट उनको यात्रा अझ पूर्व करिव दुई किलोमिटरमा पर्ने बुट्टाबारी सम्म खाना बाढदै पुगेर पुन विर्तामोड आउछन, अव उनको मोटरसाईकल दुई किलो मिटर दक्षिण विर्ताबजार तर्फ मोडिन्छ, त्यहाँ भएका सडक नागरिकलाई भात, दाल तरकारी र एक बोटल पानी दिएर पुन बिर्तामोड आईपुगेपछी अब उनी ३ किलो मिटर पस्चिम चारपाने सम्म दिनदुखीहरुलाई भेट्दै खाना दिदै मनभरी खुशी संगालदै चारपानेबाट बैसाबाडी हुदै अर्जुनधारा नगरपालिकाको राजधानी शनिस्चरे बजारमा रहेका मानसिक रोगी, सडकमा जीवन बिताई रहेकाहरु संग बोल्दै खाना कस्तो भयो, मिठो छकी छैन, भोली के केको तरकारी खान मन छ भन्दै सोध्दै घर फर्किन्छन । थाकेको शरिर भएपनि आत्मसन्तुष्टिले उनलाई थाक्न दिएको छैन, त्यसमाथी उनले सेवा गरेको भिडियो आमसंचारले प्रसार गरेको थियो अपलोड गरेका दुई दिन नहुदै करिव चारलाख पटक हेरिईसकेको छ भने भिडियो भाईरल बनेको छ । उनलाई हिजैबाट शुभचिन्तकको प्रशंषा र हौषला सहितको फोन आएको आएै गरेको बताउछन दिवाकर ।


लकडाउन हुनजेल सम्म सडक नगरिकलाई खाना सुवाउने घोषणा गरेका दिवाकरले समाजमा धेरै आफूलाई समाजसेवी, धार्मिक व्यक्ती र मानवअधिकारवादी हौ भन्नेलाई एक पाठ सिकाएका छन । उनले सुरुगरेको सतकर्मको प्रतिपादन अन्य ठाउँमा पनि हुन सुरु भएको छ । यस्ता परिवार, आफन्त, समाज, सरकार र आफैबाट पनि अपहेलित बन्न पुगेका निर्दोष मानवको बिषयमा सोच्ने र मायाँ गर्ने दिवाकरलाल र सम्पूर्ण सामाजिक सेवाभाव भएका व्यक्तीहरुलाई यस्तो सतकर्म गर्ने प्रेरणा अझै प्राप्तहोस् ।

यो पनि पढनुहोस् ।

लकडाउनको प्रत्यक्ष असर, सडक नागरिकमा

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 386

प्रतिक्रिया (०)

सम्बन्धित खबर