Aamsanchar

अब लकडाउन झन कडा, एक स्थानीय तहबाट अर्कोमा जान निषेध

Author Image
शनिवार, चैत २२, २०७६

काठमाडौं । नेपालमा कोरोना भाईरसबाट संक्रमितको संख्या ९ पुगेको छ । त्यसमा छ जना विदेशबाट आएकामा देखिएको हो भने आज स्वदेमै रहेका तिन जनामा संक्रमण भएको पुष्टी भएपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय लिएको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए ।

Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर