Aamsanchar

झापाको अर्जुनधारमा बाँस फल्यो, हेर्नेहरु अचम्मित

बाँसको फल देखाउदै शक्तिमान राई ।

अर्जुनधारा । कोरोनाको कहरका कारण देश लकडाउन भई रहेको बेला झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ खतिवडा चोकमा भने मन्छेको चहलपहल बढन थालेको छ ।

त्यसैपनि लकडाउनले वेरोजगार बनेका सर्वसाधारणलाई दिन काट्न गारों परिरहेको बेला खतिवडा चोकका शक्तिमान राईको बारीमा बाँसको बोटमा लटरम्भ फलेको फल हेर्न आउनेको चहलपहल रहेको छ यतीवेला ।

१२ बर्ष अघी राजगढबाट बिरुवा ल्याई रोपेको बाँस यसबर्ष अनौठौ तरिकाले फुल्यो अनि ठुलासाना सबै पोथ्रामा सयौंको संख्यामा फल लाग्यो यसरी बाँस फलेको आफूले जीवनमै नदेखेको बाँस धनी ६० बर्षे राई बताउछन ।

त्यसै गरी हेर्न जानेहरु धेरै अचम्मित पर्नेगरेका छन । कोई कोहीले बाँस फलेको पहिले सुनेको तर नदेखेको कुरा पनि गरिरहेका थिए ।
त्यस्तै अर्जुनधारा–९ स्थित कालिस्थानका विष्णुनारायण कोईरालकोमा पनि बाँस फलेको छ । उनि भन्छन म १२ बर्ष यस ठाउँमा आउदा बाँसको झ्याङ थियो यसै बर्ष फल्यो अचम्मै लागेको बताउछन उनको भनाई अनुसार भारतको असामतिरको बाँस यसरी फल्ने गरेको सुनेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1163

प्रतिक्रिया (०)

सम्बन्धित खबर