Aamsanchar

रोग प्रतिरोधी क्षमता बढाउने तरिका

Author Image
मङ्गलवार, वैशाख २, २०७७

ज्येष्ठ नागरिक, गर्भवती, मधुमेहका रोगी, मुटुको रोगी, दमको बिरामी, मिर्गौलाको बिरामीलगायत दीर्घरोगीमा कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने तथ्य प्रमाणित भइसकेको छ । विशेषतः ज्येष्ठ नागरिकमा रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले संक्रमणको खतरा झन् धेरै हुने बताइएको छ । यसर्थ संक्रमणबाट जोगाउन ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाप्रति सबै जिम्मेवार हुनुपर्ने चिकित्सकहरुले बताइरहेका छन् ।

चिकित्सकको सुझाव अनुसार परिवार भित्र कसैलाई ज्वरो वा रूघााखोकी लागेको छ भने ज्येष्ठ नागरिकलाई बेग्लै कोठामा राख्नु पर्दछ । सँगै नियमित सेवन गर्ने औषधि समयमै प्रयोग गर्न पनि उनीहरुले सुझावदिएका छन् ।

आकस्मिक बाहेकको स्थितिमा अस्पताल पनि नजान अनुरोध गरिएको छ । यसर्थ घरमै बसेर रोग प्रतिरोधी क्षमता बढाउन आवश्यक छ । जसकालागि जीवनशैलीर खानपानमा विशेष ध्यानदिनुपर्ने चिकित्सकहरुको भनाई छ । उनीहरुका अनुसार घरमै चामल, मकै, गहुँ, कोदो, फापर, जुनेलो, दाल, सिमी, दूध, दही,मोहि पर्याप्त सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

ज्येष्ठ नागरिकको रोग प्रतिरोधी क्षमता बढाउन निक्नप्रकारका खानेकुरा लाभदायीहुने बताइएको छ ।

कार्बोहाइट्रेडयुक्त खानेकुरा

प्रत्येक पटकको खानामा कार्बोहाइट्रेडयुक्त खानेकुरा समावेश गर्नुपर्छ । जस्तैः भात, रोटी, ओट्स, मकै, चिउरा, फापर आदि । त्यस्तै कम्प्लेक्स कार्बोहाइट्रेडको पनि प्रयोग गर्नुपर्छ । उसिना चामल,गहुँ, ओट्स, मकै, फापर, फलफूल र सागपात पोषण तत्व र फाइबरले भरिपूर्ण हुन्छन् । जसको सेवनले रोग प्रतिरोधी क्षमता बढाउँछ ।

भिटामिन डीयुक्त खानेकुरा

यो चिल्लो पदार्थमा घुल्ने भिटामिन हो । यसले प्रतिरक्षा प्रणालीको क्रियाकलापमा सहयोग पुर्याउँछ । साथै सेतो रक्तकोशिकाको रक्षागर्न मद्दत पुर्याउँछ । जसले गर्दा हाम्रो प्रतिरक्षा प्रणालीमा संक्रमण हुनबाट बचाउँछ । जुन व्यक्तिमा भिटामिन डीको कमी हुन्छ, त्यस्ता व्यक्तिलाई दम, एलर्जी, स्वास–प्रस्वास प्रणालीको संक्रमण हुने खतरा बढी हुन्छ । कतिपय अनुसन्धानबाट भिटामिन डिको प्रयोगले स्वास प्रस्वासको संक्रमण कम हुन्छ भन्ने पुिष्ट भइसकेको छ । यसलाइ एन्टिभाइरल सप्लिमेनट पनि भनिन्छ ।

अण्डा, अण्डाको पहेंलो भाग, चिज, दूध, दही, पनीर, ओखर, बदाम, आलस, साल्मोन, सारडिन, माछाको तेल, आलसको तेल, च्याउ, गाईको दूध, भटमासको दूधआदिखानेकुराले भिडामिन डी बढाउन सहयोग पुर्याउँछ ।

जिंक युक्त खानेकुरा

यो खनिज तत्व हो । यसले प्रतिरक्षा प्रणाली सशक्त बनाउन सहयोग गर्दछ । जिंकको कमी भएमा निमोनिया, संक्रमण, रगतको कमी हुन्छ । विश्वभरमा २ बिलियन व्यक्तिमा यसको कमी देखिएको छ । वयस्क, ज्येष्ठ नागरिक,गर्भवती आदिमा ३० प्रतिशतसम्म यसको कमी देखिएको छ । जिंकका विभिन्न स्रोत छन् । माछा, मासु, सेल्फिस, दाल, बिउ, तिल, आलस,खफर्सीको बिउ,काजु बदाम, ओखर, आलु, डार्क चकलेट, आदिमा जिंकपाइन्छ ।

भीटामिन सीयुक्त खानेकुरा

भीटामिन सी अलिमो फलफूल, तरकारी, सागपात आदिमा पाइन्छ् । यसले हाम्रो शरीरमा संक्रमणबाट बचाउनुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने रपुरानो तन्तुलाई निस्क्रिय गर्ने काम समेत गर्छ । यसले अक्सिडेटिभ एस्टरेसलाई निस्क्रिय पार्ने काम गर्दछ । जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । अमला, सुन्तला, अम्बा, किबी, मेवा, ब्रोकाउली, सिमि, खरभुजा, गोलभेडा, अनार, स्ट्रबेरी, मौसम, रायो, आदिमा प्रशस्त भिटामिन सी पाइन्छ ।

च्याऊ

च्याउले संक्रमणलाई हटाई रोग प्रतिरोधात्मकशक्तिप्रदान गर्छ । यसले क्यान्सर, मधुमेह आदिका रोगीलाई समेत फाइदापु¥याउँछ ।

भिटामिनए, बी, ई, २, १२, र बी ६ युक्तखाना

यी सबै भीटामिनहरुले रोगसँग लड्ने क्षमता बढाउने कामगर्दछ । दुध, दहि, मोही, पनीर, अण्डा, माछा, मासु, पालुङ्गो टुना, काले, कलेजो, चिज, आदियसको स्रोत हो । सुर्यमुखीको बिउ, पिस्ता, बदाम, आलस, नरिवल, चिज आदिबाट भिटामिन ई पाइन्छ ।

जीवनशैलीमा अपनाउनपर्ने केही उपयोगी जानकारीः

–नियमित समयमा सुत्ने र उठने बानी गरौं ।

–उमेर अनुसार नियमित शारीरिक अभ्यास, योगा, आदिगरौं ।

–नियमितरूपमा साबुनपानीले हात सफा गरौं ।

–हाछ्यूँ गर्दा कुहिनाले छेकौ वा रुमालको प्रयोग गरौं ।

( पोषणविद् मिरा शाहसँगको कुराकानीमा आधारित )

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१