Aamsanchar

बेलायतमा अझै तीन हप्ताका लागि बढाइयो लकडाउन

Author Image
शुक्रवार, वैशाख ५, २०७७

बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कम्तीमा तीन हप्ताको लागि देशमा लकडाउन लम्ब्याउने घोषणा गरेका छन् ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले लकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि खतरा हुनुका साथै अर्थव्यवस्थाका लागि पनि ठूलो खतरा हुनसक्छ ।

प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालिरहेका डोमिनिक राबले सरकारले अत्यधिक महत्वपूर्ण पाँच बुँदामा सुनिश्चित नभएसम्म लकडाउन नखोल्ने जानकारी दिएका छन् ।

यस्ता छन् पाँच बुँदाः

– राष्ट्रिय स्वास्थ्य सेवा पूरा देशका लागि आवश्यक स्वास्थ्य सेवा दिन सक्षम भएपछि

– कोरोनाका कारण दैनिक भइरहेको मृत्युदरमा कमी आएपछि

– संक्रमणको दर आशा गरेअनुसार तल्लो स्तरसम्म आएपछि

– भविष्यको आवश्यकताकालाई ध्यानमा राख्दै टेस्टिङ किट र पीपीआई उपकरणको आपूर्ती पूर्ण रुपमा सुनिश्चित भएपछि

– र जबसम्म कोरोनाभाइरस पुनः देशका लागि खतरा बन्ने छैन भनेर सुनिश्चित भएपछि

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर