Aamsanchar

रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिका

Author Image
शुक्रवार, वैशाख ५, २०७७

हामी किन रोगी हुन्छौ रु हामी किन कमजोर हुन्छौं रु हामी किन शिथिल हुन्छौ रु हामी किन जिर्ण हुन्छौ रु यसको एकमुष्ठ जवाफ हो, शरीरको रोग प्रतिरोधात्मक क्षमता घटेर ।

शरीरभित्र यस्तो प्रणाली हुन्छ, जसले कुनैपनि रोगसँग लड्छ र त्यसबाट शरीरलाई बचाएर राख्छ । अर्थात यो यस्तो प्रणाली हो, जसले शरीरका लागि सुरक्षा कवचको काम गर्छ । शरीरमा कुनै बाह्य रोगको संक्रमण होस् वा भित्री अंगहरुको खराबी, यी सबैमा रोगसँग लडेर शरीरलाई स्वस्थ्य बनाउने प्रणाली हुन्छ । यही प्रणाली, जसलाई रोग प्रतिरोधात्मक क्षमता भन्छौ ।

औषधी खाएर वा उपचार गरेर मात्र सबै रोगबाट छुटकारा पाइदैन । यी त कृतिम विधी हुन् । प्राकृतिक विधीबाट रोगमुक्त जीवन पाउनका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । तर, कसरी ?

१, सक्रिय जीवनशैली यसको पहिलो सर्त हो । तपाईंको दैनिकी जति सक्रिय छ उत्तिनै शरीर निरोगी हुन्छ । विहान उठेदेखि केही न केही यस्तो गतिविधी गरिरहनुहोस्, जसले शरीरलाई चलामान बनाइरहोस् । एकै ठाउँ लामो समय बस्ने वा आरमसाथ जीवन विताउनेहरुको शरीर कमजोर हन्छ ।

अझ राम्रो काइदा त के भने विहान उठेपछि योग, प्राणायम, व्यायामबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यी क्रियाले शरीर लचिलो, फुर्तिलो, बलियो हुन्छ । रक्त प्रवाह राम्ररी हुन्छ । श्वासप्रश्वास प्रक्रिया राम्ररी हुन्छ । मांशपेशी लचकदार हुन्छ । शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । मन शान्त हुन्छ ।

२, खानपानसँग स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ । यस्तो खानपान गरौं, जो शरीरका लागि होस् । अर्थात जिब्रोको लागि होइन । शरीरलाई विभिन्न किसिमको पौष्टिक तत्व आवश्यक हुन्छ । त्यस्ता पौष्टिक तत्व खानाको माध्यामबाट प्राप्त हुन्छ ।

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित, पोषिलो र सुपाच्य खानेकुरा खानुपर्छ । दिनभरको खानामा सकेसम्म सबै किसिमको पोषक तत्व सामेल गरौं । हरियो र ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ । अंकुरित अन्न, ड्राइ फ्रुट्स, फलफूल, सलाद, जुसको नियमित सेवन गरौ ।

३, शरीरलाई तरल पदार्थको आवश्यक हुन्छ । जति ठोस पदार्थ सेवन गर्छौं, त्यो भन्दा तीन गुणा बढी तरल पदार्थ सेवन गर्नुपर्छ । तरल पदार्थमा सादा पानी सही हुन्छ । दिनभरमा कम्तीमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । त्यसका साथै जुस, सुप पिउनुपर्छ । कतिपय फलफूलमा पनि पानीको मात्रा अत्याधिक हुन्छ ।

४,  हाम्रो घर(बगैंचामा, भान्सामा केही यस्ता खानेकुरा हुन्छन्, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । जस्तो तुलसी । तुलसी प्राकृतिक एन्टिबायोटिक हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन एकदम सहयोग गर्छ । हरेक दिन विहान ३ वा ४ वटा तुलसीको पात सेवन गर्नुपर्छ, फाइदा मिल्छ ।

५ , शारीरिक सक्रियता, उपयुक्त खानपानले मात्र पनि पुग्दैन । शारीरिक सफाई पनि उत्तिकै आवश्यक हुन्छ । संभव भएसम्म हरेक विहान उठेर चिसो पानीले नुहाउनुपर्छ । नुहाउँदा टाउकोबाट सुरु गर्नुपर्छ ।

यसका साथसाथै मनलाई शान्त र आनन्दित तुल्याउनुपर्छ । मनको शान्तिका लागि प्राणायाम, ध्यान जस्ता विधी सर्वोत्तम हुन्छ । सकारात्मक सोंच चिन्तनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

६, तपाईंको मुडले पनि तपाईंको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । तपाईं जति धैरै प्रशन्न, जति धेरै उमंगीत, जति धेरै सकारात्मक हुनुहुन्छ, शरीर उत्तिनै राम्रो हुन्छ । उदास, निरास, गंभीर व्यक्तिहरु रोगको चपेटामा पर्छन् । त्यसैले जति धेरै मिजासिलो, जति धेरै खुसी, उत्तिनै रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१