Aamsanchar

भारतमा जलसेना पनि संक्रमित, २० जनालाई कोरोनाको भएको पुष्टि

Author Image
शनिवार, वैशाख ६, २०७७

भारतका जल सेनामा पनि कोरोनाको संक्रमण देखिएको छ । भारत मुम्बईस्थित इण्डियन जल सेनाका कार्यरत २० जनालाई कोरोना भएको पुष्टि भएको छ ।

कोरोनाका कारण महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ । यहीबीचमा भारतीय जल सेनालाई पनि कोरोना संक्रमण देखिएपछि थप सशंकित भएको छ । मुम्बईको एक जलसैनिक अड्डामा कार्यरत २० जना जवानमा कोरोना संक्रमण देखिएको हो । उनीहरूलाई जलसेना अस्पताल आइएनएचएस अस्विनी क्षेत्रमा भर्ना गरिएको छ ।

७ अप्रिलकै दिन जल सेनालाई पनि कोरोना भएको पुष्टि भएको थियो । आइएनएस आग्राको बेस क्याम्पमा रहेका जवानलाई कोरोना भएको पुष्टि भएको थियो । उनीहरूसँग सम्पर्कमा आएका सबैजनाको परीक्षण गरिसकिएको छ । जलसेनाले भनेको छ, ‘मुम्बइ जल सेनामा कार्यरत २० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।’

त्यस्तै भारतीय सेनाका ८ जनालाई पनि कोरोना पोजेटिभ भेटिएको छ । भारतीय सेनाध्यक्ष एमएम नरवणेका अनुसार भारतीय सेनामा कार्यरतमध्ये ८ जनामा संक्रमण भेटिएको छ । ८ जनामध्ये २ जना चिकित्सक र एक नर्सिङ असिस्टेन्ट रहेको उनले जनाए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर