Aamsanchar

नमाज पढ्दै गरेका १४ जना कपिलवस्तुबाट पक्राउ

Author Image
आइतवार, वैशाख ७, २०७७

बुटवल । कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउँसो १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

अहिलेको अवस्थामा जम्मा नहुन बारम्बार आग्रह गर्दा पनि अटेर गरेपछि पक्राउ पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दीपशमसेर राणाले जानकारी दिए । उनीहरु सबै कपिलवस्तुकै नागरिक भएको प्रहरीको भनाइ छ । उनीहरुलाई अहिले वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर