Aamsanchar

भारतमा कोरोना संक्रमितको संख्या १७ हजार

Author Image
सोमवार, वैशाख ८, २०७७

गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ५४७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल १४ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३६ जना भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५४३ पुगेको छ ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार २०३ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २२३ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५०७ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर