Aamsanchar

यौन स्वास्थ्यका लागि स्मार्ट फोनको प्रयोग खतरनाक

Author Image
सोमवार, वैशाख ८, २०७७

काठमाडौँ । अहिले स्मार्ट फोनको प्रयोग नगर्ने मानिसहरु कमै मात्र होलान् ।यसले मानिसहरु जीवनमा के कस्तो असर पुर्याइरहेको छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ । फोनको अत्याधिक प्रयोगले त्यसबाट निश्केका रेडिएसनले धेरै असर पुर्याइरहेको हुन्छ । अहिलेको परिस्थितीमा यसले झन् मानिसहरुको मनस्थितिमा प्रभाब पार्नुका साथै यौनजीवनमा समेत असर पुर्‍याउन थालेको छ ।

मोरक्कोको कासाब्लांकामा शेख खलिफा बिन जायद अन्तर्राष्ट्रिय विश्वविद्यालय अस्पतालको यौन स्वास्थ्य विभागमा गरिएको अध्ययनले उक्त दाबी गरेको हो । अध्ययनमा सामेल ६ सय जनामध्ये करिब ६० प्रतिशत व्यक्तिले स्मार्टफोनका कारण आफ्नो यौनजीवनमा समस्या आएको स्वीकार गरेका हुन् ।

अध्ययनमा सामेल सबैसँग स्मार्टफोन थियो । यसमध्ये ९२ प्रतिशत व्यक्तिले स्मार्टफोनलाई राति उपयोग गर्ने कुरा स्वीकार गरेका थिए । तर करिब १८ प्रतिशतले मात्र आफ्नो फोनलाई सुत्ने कोठामा ‘फ्लाइट मोड’ मा राख्ने कुरा जनाए ।

के हो त फ्लाइट मोड ? किन मोबाइललाई फ्लाइट मोडमा राखिन्छ ?

फ्लाइट मोड भनेको मोबाइलको नेटवर्क तथा वाई फाई बन्द गर्न हो । सामान्यतया हवाई जहाज उड्ने र अवतरण गर्ने बेलामा मोबाइलको नेटवर्क बन्द गर्न भनिन्छ,त्यहाँ बाट नै फ्लाइट मोड भन्ने शब्द आएको हो । यसरी मोबाइललाई फ्लाइट मोडमा राखे पछि तपाईँको मोबाइलमा कुनै पनि कल आउँदैन । मोबाइल नेटवर्क नटिप्ने ठाउँमा राखिएको छ भने त्यसबाट झनै धेरै रेडिएसन आई रहेको हुन्छ, त्यसैले पनि सुत्ने बेलामा मोबाइललाई फ्लाइट मोडमा राख्ने एक त रेडिएसन को असर कम होस् भएर अर्को आराम सँग निदाउन पाईयोस भनेर । मोबाइलको विकिरण यानिकि रेडिएसनले साना बच्चा हरूमा झन् धेरै असर गर्ने अनुसन्धानले देखाएको छ । एक एडिकसन् थेरापिस्टले त स्मार्ट फोन बच्चालाई दिनु भनेको कोकेन दिनु बराबर हो सम्म पनि भनेका छन् । त्यसैले सकेसम्म साना बच्चालाई मोबाइल नै नदिनु राम्रो हो भने दिनै पर्दा फ्लाइट मोडमा राखेर दिनु ठिक मानिन्छ ।

अध्ययनअनुसार स्मार्ट फोनले २० वर्षदेखि ४५ वर्षसम्मका वयस्कमा नकारात्मक प्रभाव पार्ने देखिएको छ । जसमा ६० प्रतिशतले फोनले आफ्नो यौन क्षमतालाई प्रभावित गरेको बताए ।

अध्ययनमा सरिकमध्ये करिब ५० प्रतिशतले लामो समयसम्म स्मार्टफोन उपयोग गर्ने बानीका कारण यौनजीवन राम्रो नरहेको उल्लेख गरे । यस्तै, अमेरिकी कम्पनी स्योरकालको एक सर्वेक्षणअनुसार करिब तीन चौथाइ व्यक्तिले राति आफ्नो ओछ्याउनामा फोन राखेर सुत्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१