Aamsanchar

झापाका उत्कृष्ठ नागरिक महेन्द्र गिरीबाट ‘एक परिवारले एक परिवारलाई सहयोग अभियान‘ घोषणा

Author Image
बुधवार, वैशाख १०, २०७७

झापा । कोरोना महामारीले विश्वलाई प्रताणित बनाई रहेको अवस्थामा नेपालमा पनि ठुलो असर पुर्याएको छ । संक्रमणको हिसाबले त नेपालको अवस्था सामन्य नै छ तर लकडउनको कारण सर्वसाधारण विपन्न परिवारमा खाद्ययन्न अभावकाकारण दैनिक जीवन नै कष्टकर बन्न थालेको छ । स्थानीय सरकारका प्रमुखहरु राहतका पोका लिएर बाढन व्यस्त छन तर त्यो काम मर्नेबेलामा भोकै नगर भन्ने जस्तो मात्र भएको छ । सरकारको मात्र पहुँच पुग्ने स्वास्थ्य जाँच गर्ने काममा भने स्थानिय सरकारको प्रभावकारी रुपमा ध्यान पुगेको छैन ।

विर्तामोड नगरपालिका–२ चारपानेका सामाजिक अगुवा महेन्द्रकुमार गिरीले भने, “एक परिवारले एक विपन्न परिवारलाई सहयोग ग¥यो भने झापामा कोही पनि भोकै मर्दैनन् ।‘ सरकारलाई नागरिकको स्वास्थ्य परिक्षणमा लाग्न राहत उपलब्ध गराउने काम स्थानिय संघसंसथालाई सुम्पिन भन्ने अभिप्रायले अभियान सुरु भएको सामाजिक अभियन्ता,  झापामा उत्कृष्ट नागरिकबाट सम्मानित  व्यक्तित्व महेन्द्रकुमार गिरीले बताए । बर्ष २०१८ मा वीरता जेसीजको अगुवाईमा झापाका अन्य दर्जनौ संघ संस्थाको ऐकिवद्धता संगै सम्मानित भएका थिए ।

विगतका बर्षमा झापाका ६८ सामाजिक सङ्घसंस्थाको साझेदारीमा समर्पण राष्ट्रिय अभियान सञ्चालन गर्दै रु दुई करोड जुटाएर कनकाइमाईको पूर्वी तटमा कर्मयोग भवन (मृत्युपछि गरिने अन्तिम संस्कार, काजक्रिया) निर्माण गर्दै उदाहरणीय कामको अगुवायी गरेका सहारा नेपाल साकोसका कार्यकारी निर्देशक  समेत रहेका गिरीले अहिले पनि ‘एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौँ’ अभियान शुरु गरेका छन् ।

गरिब तथा विपन्न परिवारका नागरिकलाई रोगबाट बचाउन उनीहरुको उपचारका लागि जिल्लास्तरीय रु १० करोडको कोष खडा गर्ने गरी ‘सङ्कल्प अभियान’को घोषणा गर्दै समर्पण राष्ट्रिय अभियान सञ्चालन गर्नुभएका गिरीले विषम परिस्थितिमा झापाका कोही पनि नागरिक भोकभोकै मर्न नपरोस् भन्दै यो अभियान शुरु गरेको बताए ।

फायल फोटो : झापा जिल्ला उत्कृष्ट नागरिकबाट सम्मानित हुदै महेन्द्र गिरी । साथमा श्रीमती ज्योती गिरी, अग्रभागमा प्रमुख अतिथि, रविन्द्र मिश्र ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन अहिले मुलुक झण्डै एक महिनादेखि लकडाउन भएपछि विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले गिरी नै कार्यकारी निर्देशक भएको सहकारी (सहारा नेपाल)ले रु ५० लाख प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै राहत कोषमा जम्मा गरेको छ । सो रकमबाट विपन्न परिवारका लागि राहत सामग्री र क्वारेन्टाइनमा रहेकाहरुलाई खाद्यान्न, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मास्क, पिपिइ, पञ्जाजस्ता स्वास्थ्य सामग्री प्रदान गरिरहेको छ ।

फायल फोटो : समपर्ण अभियान उद्घाटन समारोह

कतिपय स्थानीय तहले एकद्वारा प्रणालीबाट राहत सामग्री वितरण गर्दा वास्तविक विपन्न परिवार अझै पनि समस्यामा रहेको भन्दै गिरीकै अगुवाइमा अहिले झापामा यो अभियान शुरु भएको बताइएको छ । अभियानअन्तर्गत एक हजार परिवारलाई प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, तेल, नुन, साबुनलगायतका रु दुई हजारको सामग्री प्रदान गरिने अभियान संयोजक गिरीले बताए । उनका अनुसार मेचीनगरपालिकाको काँकडभिट्टाबाट दमक नगरपालिकाभित्रका अतिविपन्न परिवारलाई राहत सामग्री वितरण गरिन्छ । राहत सामग्री यही वैशाख १६ गतेदेखि वितरण गर्ने कार्यक्रम रहेको र ‘एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौँ’ अभियानअन्तर्गत सहयोग सङ्कलन शुरु गरिएको गिरीले बताए ।

सरकारले विपद्को पर्याप्त पूर्वतयारी नगर्दा एकैपटक समस्या आएको उहाँले बताए । “झापामा २० प्रतिशत अतिविपन्न परिवार होलान उनीहरुलाई हुनेखाने परिवारले मात्रै मन गर्ने हो भने महिना दिन पुग्ने गरी सहयोग गर्नसक्छन्”, उनले भने, “अहिलेको समय सरकारलाई सबैले सहयोग गर्ने समय हो, यो बेला सरकारलाई सहयोग गरेको खण्डमा नेपालले ठूलो आर्थिक भार व्यहोर्नु पर्दैन ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर