Aamsanchar

अमेरिकामा बिरालोमा पनि भेटियो कोरोना संक्रमण

Author Image
बिहिवार, वैशाख ११, २०७७

मेरिकाको न्यूयोर्कमा दुई घरपालुवा बिरालोमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संघीय अधिकारीले बुधबार यसबारे जानकारी दिँदै यो पहिलो घटना भएको पुष्टि गरेका छन् ।

यी दुई बिरालोलाई सास फेर्न हल्का समस्या थियो र यिनीहरु छिट्टै निको हुने आशा गरिएको छ ।

अमेरिकी डिपार्टमेन्ट अफ एग्रीकल्चर र सेन्टर फर डिजीज एण्ड प्रिभेन्सनका अनुसार यी दुई बिरालोलाई मानिसबाटै कोरोनाभाइरस सरेको हुनसक्ने आशंका छ । यसअघि ब्रोन्क्स चिडियघरकी एक बघिनीमा कोरोना संक्रमण देखिएको थियो । यद्यपि, कुनै जनावरमा संक्रमण देखिएको यो पहिलो घटना भने होइन । यसअघि केही जनावरमा पनि संक्रमण देखिएको थियो ।

अमेरिकी अधिकारीका अनुसार मानिस जनावरबाट संक्रमित हुनसक्नेबारे पत्ता लागेको भएपछि अहिलेसम्म पाल्तु जनावरबाट मानिसमा कोरोनाभाइरस सरिरहेको कुराको कुनै संकेत छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर