Aamsanchar

अमेरिकामा एकैदिन २३ सय बढीको मृत्यु, मृतकको संख्या ५० हजार नजिक

Author Image
शुक्रवार, वैशाख १२, २०७७

अमेरिकामा एकैदिन २३ सय बढीको मृत्यु, मृतकको संख्या ५० हजार नजिक

अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएसँगै मृततको संख्या ५० हजारको हाराहारीमा पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ सय २२ जनाको मृत्यु भएपछि मृतकको संख्या कूल ४९ हजार ८ सय ४२ पुगेको छ ।

साथै, अमेरिकामा एकैदिन ३१ हजार ४ सय १९ नयाँ संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको संख्या ८ लाख ८० हजार १ सय ३६ पुगेको छ । संक्रमितमध्ये १४ हजार ९ सय ९७ को अवस्था गम्भीर छ भने ८५ हजार ९ सय २२ जना निको भइसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर