Aamsanchar

झुक्किएर पनि सुतेको समयमा यस्ता सामान आफ्नो नजिक नराख्नुहोस्

Author Image
मङ्गलवार, वैशाख १६, २०७७

काठमाडौं । दिनभरिको व्यस्ततापछि पनि रातमा निद्रा नपरेको दुखेसो सुन्ने गरिन्छ। शारीरिक तथा मानसिक दुवै कारणले रातमा निद्रा नपर्ने समस्या हुन सक्छ।तर, यसका साथै वास्तुशास्त्रले पनि रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ।

शास्त्रको अनुसार हामीले गर्ने केही गल्तीका कारण हामीलाई राम्रोसँग निन्द्रा लाग्दैन। वास्तु शास्त्रका अनुसार सुत्ने कोठामा वा बिस्तारा नजिकै राखिने केही सामानहरुले पनि हाम्रो निन्दा बिगारिरहेका हुन्छन्।

> सुत्ने समयमा सधैँ आफ्ना जुत्ता–चप्पल कोठाभन्दा बाहिर राख्नुपर्छ। यदि जुत्ता वा चप्पल आफ्नो बिस्तारा नजिकै राख्नुभयो भने तपाईंमा नकारात्मक उर्जा पैदा गर्छ।

> सिरानी नजिकै पानीको जग राख्ने प्रचलन नै छ । यस्तो गर्दा मानसिक रोगको शिकार हुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ। पानीको भाँडा सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वाभावमा परिवर्तन गरेर रिसाहा प्रवृत्तिको हुने बताइन्छ।

> सुत्ने समयमा कुनै पनि प्रकारको तेल आफ्नो साथमा राख्नुहुँदैन। यसो गर्दा जीवनमा अनेक समस्या र उल्झनहरु आइपर्छन्।

> पति–पत्नीको बिस्तारा नजिकै ऐना राख्नुहुँदैन। यसले शारीरिक रोग पैदा गर्छ । साथै, पति–पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ। नवविवाहित जोडीले कहिल्यै पनि आफ्नो कोठामा ऐना राख्नुहुँदैन।

> मोबाइल र ल्यापटप सुत्नुअघि नै आफूभन्दा केहि पर राख्नुपर्ने बताइन्छ । बास्तुशास्त्रले पनि मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा असर गर्ने उल्लेख गरेको छ। एजेन्सी?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१