Aamsanchar

स्वस्थ्य जीवनको सात सूत्र

Author Image
आइतवार, वैशाख २१, २०७७

अहिले सबै व्यस्त छन् । कसैलाई करियरको चिन्ता, कसैलाई व्यवसायको । कोहि कमाउने ध्याउन्नमा छन्, कोहि सफलता प्राप्त गर्ने चक्करमा । यस्तो दिनचर्यामा कतिबेला बिहान हुन्छ, कतिबेला साँझ, थाहा हुन्न ।

दिनभरको कामले थकित भएर घर पुग्ने । खाना पकाएर खाने र ओछ्यानमा पल्टिने । यस्तै दैनिकी छ, धेरैको । पारिवारिक जिम्मेवारी, आफ्नो आकंक्षा, परिवारको अपेक्षा आदि पुरा गर्दा गर्दै आफैलाई भुलिरहेका छौ ।

जबकी जीवनको मूलभुत आवश्यक्ता धन, दौलत, सुख सयल होइन । बरु, स्वस्थ्य र तन्दुरुस्ती हो । यद्यपी यसप्रति हामी संवेदनसिल छैनौ ।

अब स्वस्थ्य जीवनको लागि आफुलाई बदल्नुपर्छ । स्वस्थ्य रहनु नै खुसी रहने आधारभूत सिद्धान्त हो ।

स्वस्थ्य तन, स्वस्थ्य मन

स्वस्थ्यका लागि धेरै पैसा वा समय खर्च गर्नु आवश्यक छैन । केवल राम्रो आनीबानी अपनाएर समयको सहि प्रयोग गर्नुपर्छ । उचित आहार, स्वस्थ्यको उचित हेरचाह, थोरै व्यायाम गरेर शरीरलाई चुस्त, फुर्तिलो राख्न सकिन्छ । साथै प्रशन्न पनि । यद्यपी स्वस्थ्य जीवनको लागि मिहेनत र धैर्यता भने आवश्यक हुन्छ ।

स्वस्थ्य जीवनको सात सुत्र

१, बिहान सूर्योदयअघि उठौं । उठ्नसाथ एक लिटर मनतातो पानी पिउनुपर्छ । पानी पिउँदा उठेर होइन, बिस्तारै आरमसाथ बसेर पिउनुपर्छ । यससँगै खाली पेटमा दुईरतीन केस्रा लसुन पनि राम्ररी चपाएर सेवन गर्न सकिन्छ ।

२, बिहान अनिवार्य सौच क्रिया गरौं । दिसा(पिसाब गर्दा आरमसाथ गर्नुपर्छ । हतारमा वा बलजफ्ती गर्नु हुँदैन ।

३,  फ्रेस भइसकेपछि हल्का व्यायाम गरौं । घरमै शरीरलाई तन्काउने, खुम्च्याउने, हातका जोर्नीहरु चलाउने गरौं । त्यसपछि मर्निङ वाकमा निस्कन सकिन्छ । वा घरमै व्यायाम गर्न सकिन्छ । शारीरिक व्यायाम कम्तीमा ३० मिनेट र बढीमा ४५ मिनेट हुनुपर्छ । व्यायाम निरन्तर र नियमपूर्वक गर्नुपर्छ । हतारमा वा जबरजस्ती व्यायाम गर्नु उचित हुँदैन । व्यायाम गर्ने क्रममा लामो(लामो श्वास लिने र छाड्ने अभ्यास गरौं ।

४, व्यायाम सकेपछि कम्तीमा पाँच मिनेट शव आसनमा आरम गर्नैपर्छ । शव आसन पछि प्राणायाम वा ध्यान गर्नु राम्रो हो । समय छ भने शान्त ठाउँमा बसेर ध्यानको अभ्यास गर्न सकिन्छ ।

५, व्यायामपछि सफा पानीले नुहाउनु राम्रो हो । व्यायामको क्रममा पसिना बग्ने भएकाले नुहाउनुपर्छ । नुहाउँदा टाउकोबाट सुरु गर्नुपर्छ । यद्यपी व्यायाम लगत्तै भने नुहाउनु हुँदैन । केहि समय आरम गरेर मात्र नुहाउनु राम्रो हो ।

६, नुहाई(धुवाई सकेपछि ब्रेकफास्ट लिनैपर्छ । ब्रेकफास्ट सन्तुलित, स्वस्थ्य र पोषिलो हुनुपर्छ । यतिबेला उसिनेको अन्डा, भेजिटेबल, दुध आदि उपयोगी हुन्छ । ब्रेकफास्ट पर्याप्त लिनुपर्छ, किनभने यसले दिनभरको लागि उर्जा प्रदान गर्छ । ब्रेकफास्टपछिको खानेकुरा क्रमस कम गर्दै लानुपर्छ । साँझको खाना एकदमै हल्का र सुपाच्य हुनुपर्छ । एकै पटक धेरै खानेकुरा खाने होइन, बरु चाररपाँच पटक तर थोरै थोरै खाना खानुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 444

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१