Aamsanchar

अनुहारको चाउरिपन कसरी हटाउने

Author Image
आइतवार, वैशाख २१, २०७७

ऋतुहरूको परिवर्तनसँगै शरीरमा पनि विभिन्न किसिमका परिवर्तनहरु भइरहन्छ । अझ उमेर बढेसंगै छालामा पनि बिभिन्न किसिमका परिवर्तनहरु देखापर्न थाल्छ । उमेर बढेसंगै अनुहारको छालामा परिवर्तन आएको स्पष्ट रुपमा देखिन समेत थाल्छ ।अनुहारको छालामा आउने मुख्य परिपर्तन भनेको चाउरीपन नै हो ।

अनुहारमा देखिने यो किसिमको समस्यालार्ई केही सावधानीहरु अपनाए रोक्न भने सकिन्छ ।यसका लागि सबैभन्दा पहिले आफ्नो छालाको प्रकार कस्तो छ त्यो पत्ता लगाउनु आवश्यक छ । तैलीय छाला, सुख्खा छाला तथा मिश्रित छालाअनुरूप त्यसमा आउने समस्याको समाधान गर्न सकिन्छ ।तैलीय छालामा चिल्लोपन बढी हुने भएकाले त्यस्तो छालाका लागि पर्याप्त फिज आउने साबुनले अनुहार धुनु उपयुक्त हुन्छ । फेसियल टोनले अनुहारको तैलीयपन केही हदसम्म कम हुन्छ ।

यस्तो छालामा केही समयपछि मात्र चाउरीपन देखिन्छ ।सुख्खा छालामा चाउरीपन तैलीय छालाभन्दा छिटै हुन्छ । सुख्खा छाला कागजझैं खस्रो हुने भएकाले पर्याप्त मोस्चराइजर अथवा फेसियल क्रिम लगाउनु आवश्यक हुन्छ ।चाउरीपन (रिंकल) देखिनुको सबैभन्दा मुख्य कारण नै वृद्धावस्था लागेको संकेत हो । वृद्धावस्थाको प्रारम्भसँगै आँखाको वरिपरी चाउरीपन देखिन्छ । आँखापछि घाँटीमा यसले सबैभन्दा बढी प्रभाव देखाउँछ । विस्तारै गालामा पनि यसले आफ्नो प्रभाव पार्छ । छाला खुम्चिन थालेपछि यसले पछि गएर चाउरीपनको रूप लिन्छ ।

घाँटीको छालामा देखिएको खुकुलोपनले चाउरीपनको संकेत गर्छ र अन्ततः चाउरीपनले छालामा प्रभाव जमाएरै छाड्छ । समयसँगै चाउरीपन बढ्दै जान्छ ।के कारणले छालामा चाउरी पर्छ भन्ने बुझ्नु आवश्यक छ । महिलामा मेनोपाज पछि चाउरीपन आउन थाल्छ । यसबाहेक मानसिक तनाव र चिन्ताले पनि समयभन्दा अघि नै चाउरीपन देखिन्छ । अनिन्द्राका कारण पनि केही हदसम्म चाउरीपन बढ्छ । छालामा चाउरीपन नदेखियोस् भनेरै प्रशस्त निदाउनु आवश्यक छ । सूर्यको किरणका कारण पनि चाउरीपन बढ्छ भने धूम्रपान तथा मदिरापानले पनि चाउरीपन बढाउन सहयोग गर्छ ।

चाउरीपनलाई कसरी रोक्ने ?, पाकेको केरा चाउरीपन कम गर्ने राम्रो उपचार हो 

यसका लागि आधा पाकेको केरालार्ई चम्चाले मसिनो हुने गरी फिट्ने । केरा क्रिमझैं मसिनो भएपछि यसलार्ई अनुहारको तलबाट माथि लाँदै राम्रोसँग लगाउने । यो पेस्ट घाँटीमा पनि लगाउने, आँखाको किनारामा गोलाकार घुमाउँदै लगाउने । केराको लेदोलाई अनुहारमा आधा घन्टासम्म राखी सुक्न दिने । केराको प्याक लगाएको बेला बोल्नु हुँदैन । सुकेपछि चिसो अथवा मनतातो पानीले विस्तारै अनुहार सफा गर्नुपर्छ । केराको प्याकले अनुहारमा चमक आउनुका साथै छाला कसिलो पनि हुन्छ । बजारमा गुणस्तरीय एन्टी रिंकल क्रिम पनि उपलब्ध छन् जसको प्रयोग नियमित रूपमा गर्नुपर्छ,  दिनहुँ ३ लिटर जति पानी पिउनु आवश्यक छ । पर्याप्त पानीले शरीरबाट विकार पदार्थ निस्कन्छ र अनुहार सुन्दर हुन्छ ।

चाउरीपन देखिनुमा सूर्यको अल्ट्राभ्वाइलेट किरणको ठूलो भूमिका हुन्छ । सूर्यको किरणको प्रभावबाट बच्नका लागि घरबाहिर निस्कँदा छाता ओड्ने तथा अनुहारमा सनस्क्रिन क्रिम लगाउने । फेस स्क्रबका लागि गुलाब जल, मह तथा बेसारको मिश्रण राम्रो हुन्छ । यसलाई हप्तामा दुईपटक लगाउनुपर्छ । चिकित्सकको सल्लाहअनुरूप लेजर ट्रिटमेन्ट पनि गर्न सकिन्छ ।सही खानपान सही खानपानले पनि चाउरीपन कम हुन्छ । जंक फुड तथा तैलीय खानेकुराबाट बच्नुपर्छ ।

आफ्नो भोजनमा मिनरल्स तथा भिटामिनको प्रयोग पर्याप्त मात्रामा गर्नुपर्छ । भिटामिन सीको प्रयोग बढी गर्नुपर्छ । यसले छालालार्ई स्वस्थ बनाउँछ ।-खानामा गाजर तथा जुस समावेश गर्नुपर्छ ।अमला तथा सुन्तला भिटामिन सीको राम्रो स्रोत हो ।खानामा जिंकको प्रयोग पर्याप्त मात्रामा हुनुपर्छ । जिंक अन्न, सी फुड तथा प्याजबाट प्राप्त गर्न सकिन्छ । भिटामिन ई प्रयोग गरे अनुहारमा वृद्धावस्थाको संकेत चाँडो देखिँदैन । ब्रोकोली, लसुन तथा प्याजको प्रयोगले छालालाई युवा देखाउछ ।

ओलिभ आयल पनि छालाका लागि उपयुक्त हुन्छ । हर्बल चियाको प्रयोग पनि लाभदायक हुन्छ । यी सबै गर्दा पनि चाउरीपन बढिरहेको छ भने त्यसको एक मात्र विकल्प प्लास्टिक सर्जरी हो ।तनावरहित जीवनले पनि चाउरीपनलाई कम गर्छ । त्यसैले तनावरहित जीवन बाँचेर आफ्नो सुन्दरतालाई यथावत् राख्नुपर्छ । प्रस्तुतीः सिर्जना दुवाल श्रेष्ठ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 970

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१