Aamsanchar

तपाईंको हत्केलाको आकारमा लुकेको छ समृद्धि र सफलताको रहस्य

Author Image
बिहिवार, वैशाख २५, २०७७

एजेन्सी । मान्छेको भविष्यफल बताउनका लागि संसारभर सैयौं तरिकाहरु विद्यमान छन् । तीमध्ये हस्तरेखाको माध्यमबाट गरिने भविष्यफल पनि एक हो । हातको रेखा र औंलाको आकार हेरेर भविष्यफल बताउन सकिन्छ ।

हस्तरेखाशास्त्रमा हत्केलाको आकार हेरेर पनि अनेकन फलादेश गर्न सकिने उल्लेख छ । हत्केलाको आकारको आधारमा व्यक्तिको व्यवहार, उसको सफलता र असफलताको सम्भावना, उसको आर्थिक पक्ष आदिको बारेमा जान्न सकिन्छ । यसका लागि कुनै हस्तरेखाशास्त्रको विशेषज्ञता हुनु पनि आवश्यक छैन । यहाँ केही यस्ता सजिला तरिका छन् जसबाट तपाईंले जो कसैको पनि हत्केला हेरेर उसका बारेमा जान्न सक्नुहुन्छः

१, हत्केलाको आकार लामो भएमा

हस्तरेखाशास्त्रमा बताइएको छ कि लामो हत्केला हुनेहरुलाई आँखा चिम्लेर विश्वास गर्न सकिन्छ । यस्ता व्यक्तिहरुले कसैलाई पनि विश्वासघात गर्दैनन् । लामो हत्केला हुनेहरु स्पष्टवादी हुन्छन् । यिनीहरु आफ्नो बाटोबाट भड्किँदैनन् । कुनै पनि लक्ष्य प्राप्तिको इच्छा गरेपछि यिनीहरु विना लापरवाही लक्ष्य प्राप्तिकालागि पूरै कोशिश गर्छन् । यिनीहरुले जुनसुकै क्षेत्रमा पनि प्रयास गरेपछि सफलता जरुर मिल्नेछ ।

२, हत्केला मोटो या भारी भएमा

हस्तरेखाशास्त्रमा बताइएको छ कि यदि कसैको हत्केला मोटो या भारी भएमा यस्ता व्यक्तिको जीवनमा सुख सुविधा सीमित हुनेछ । यिनीहरुलाई न त कुनै चीजको अभाव हुनेछ न त यिनीहरु सम्पन्न हुनेछन् । यिनीहरुको जीवन सरल र औसत खालको हुनेछ । यिनीहरु अति महत्वाकांक्षी हुन्छन् । कैयौं पटक महत्वाकांक्षाका कारण कुनै बस्तुप्रति लोभलालच पनि यिनीहरुमा उत्पन्न हुन्छ ।

३, हत्केलाको आकार साँघुरो भएमा

यदि कसैको हत्केलाको फैलावट साँघुरो छ भने यस्ता व्यक्तिहरु आफ्नो कुनै पनि बेला निर्णयबाट पछि हट्न सक्छन् । आफ्नै कुराको पनि भर हुँदैन । यिनीहरु समय र स्थिति हेरेर काम गर्छन् । यिनीहरु आफ्नो काम हुने भयो भने शत्रुसँग पनि दोस्ती गर्छन् । अन्यथा मित्रजनलाई पनि परित्याग गरिदिन्छन् । हस्तरेखाशास्त्रका अनुसार यिनीहरुले केबल आफ्नो सुख(समृद्धिको बारेमा मात्रै सोच्छन् ।

४, हत्केला लामो र गोलो भएमा

यदि हत्केला लामो छ र दुबै हत्केला फैलाउँदा गोलो आकार बन्छ भने यस्ता व्यक्तिहरु हँसिला र रमाइला स्वाभावका हुन्छन् । यिनीहरुको जीवनमा यदि दुःख, कष्ट वा झन्झट आइहालेमा पनि यिनीहरु विचलित हुँदैनन् । यिनीहरु जस्तोसुकै अवस्थामा पनि शान्त मनले समस्याको समाधान खोज्छन् र विजय हासिल गर्छन् । धनसम्पत्तिको लागि पनि यिनीहरु मरिहत्ते गर्दैनन् । जागिर या व्यापार जुनसुकै क्षेत्रमा पनि यिनीहरु सफल हुन्छन् ।

५, हत्केलाको आकार वर्गाकार भएमा

हस्तरेखाशास्त्रका अनुसार हत्केलाको आकार वर्गाकार छ भने यस्ता व्यक्तिहरु दृढनिश्चयी हुन्छन् । यिनीहरुको स्वास्थ्य पनि राम्रो हुन्छ । यिनीहरु जीवनमा हर समस्याको सामना मजबुतीका साथ गर्छन् र समाधान निकाल्न सफल पनि हुन्छन् । यिनीहरु कुनै पनि काम गर्नुअघि राम्रोसँग सोचविचार गरेर मात्रै सुरु गर्छन् । यसैकारण यिनीहरु ज्यादा सफल हुन्छन् । सम्बन्ध कायम राख्नमा पनि यिनीहरु जिम्मेवार हुन्छन् । यिनीहरुलाई पनि आँखा चिम्लेर विश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१