विगत दुई दशक नै भईसक्यो होला, नेपालको प्रमुख पूर्व–पस्चिम राजमार्ग सधै भिडभाडनै देखिने गरेको थियो । एक दशक अघि देशमा भएको राजनितिक द्धन्दको कारणले हुने नेपाल बन्द, चक्काजाममा सवारी नचले पनि रिक्सा, साईकल निर्वाद रुपमा चलेकै हुन्थे, त्यस कारण पनि कहिलै दिउसो सडक खुल्ला र शान्त रहेको देखिएको थिएन । करिव २० बर्ष अघि भने सवारी, रिक्सा साईकल अत्यन्त कम चल्ने गरेकाले सडक खाली देख्न पाईन्थो, वातावरण पनि राम्रो थियो, त्यसपछी क्रमस् सडकमा सवारी साधनको चाप बढदै गयो, सडकमा धुलोधुवा पनि मढारिन थाल्योे, आजभोली जस्तो स्वक्ष सफा सडक कहिलै देख्न पाईएको थिएन ।
लकडाउन सुरु भएको आज ४६ औं दिन भईसक्दा मेरो मनमा कौतुहल पैदा भयो यतीवेला पक्कै सडक शुन्दर र सफा बनेको होला, यस्तो अवस्थाको सडक सायदै फेरी देख्न पाईदैन र भावी पिडिका लागि पनि एक ईतिहास हुनसक्छ, भन्ने सोच राखेर शनिबार बिर्तामोड देखि पस्चिम तर्फ मेरो यात्रा सुरुभयो ।
सधै २० किलो मिटर मोडरसाईकलबाट यात्रा गर्दा सरिर थकान हुन्थो, बाटोनै छेकेर छिडने ट्रिपर र जथाभावी बाटोकाटेर दुर्घटनाको जोखिम बनाउने अटोरिक्साका कारण यात्रा अत्यन्तै कठिन र धुलो, धुवा प्रेसरहर्न अर्को सकस भोग्दै हिडनु परेको अवस्थालाई आज बिर्साईदियो ।
मध्यान्नको समयमा यात्रा अघि बढछ, मेरो मन मनमोहक बन्दै छ । जति अघि बढदै गयो त्यती शुन्दर रमणिय दृष्यहरु मेरो आखाँमा एक पछी अर्को गर्दै आईरहेका थिए, आखाँले देखेको आज छ भोली रहदैन भन्ने सोच पनि आईरहन थाल्यो र बेला बेला क्यामराको आखाँ (लेन्स) खोल्दै दृष्य कैद गर्दै कनकाई नगरपालिकाको सुरुंगामा केही मिनेटमै पुगियो, मेरो पछी पछी फोटोपत्रकार मित्र लोकेश अघिकारी पनि गोप्रो क्यामराबाट भिडियो खिच्दै आईरहनु भएको थियो ।
सुरुंगा कट्ने वित्तिकै कनकाई सामुदायिक वन क्षेत्र आउछ, त्याहाँ अलि घुमाउरो सडक छ सडकको दुबै तर्फ भखैरै पाउलिएका सिसौका रुखहरु छन, केही सुकेका पनि छन, ति रुख र घुमाउरो बाटोका कारण आखाँका लागि त्यहाँको दृष्य एक छिन हैन एक दिननै लगाएर हेरिरहौं झै को छ । तर यात्रा अलि परै सम्मको रहेकोले हामि अझ अगाडी बढयौं । अघि बढदै जादाँ नेपालकै लामो भनेर चिनिएको कनकाई नदीको पुल आईपुग्छ, पुल पनि एक्लै छ यतीवेला, उत्तर पट्टि तल चुरे पाहाड र माथी निलो आकास अनि बिचमा सेतो बादलको शुन्दरताको बयान थोरै सब्दमा गर्न सक्दिन तपाईहरु आफै पुगेर दृष्य रसपान गर्नुपर्ने हुन्छ ।
कनकाई पुल पार गरिसक्दा नसक्दा माईधार आईपुग्छ माईधार पार भईसक्ने वित्तिकै रतुवामाई वृक्षरोणले उत्तर पट्टीको भूभाव सबै ओगटेको छ । सडक देखि ५ सय मिटर उत्तर नपुग्दै इलाम जिल्लामा पर्ने चुरे पहाडले अझ रतुवामाई वनको शुन्दरता थपिदिएको छ ।
हामि सोही वन क्षेत्रलाई छिचोल्दै दुधे बजार पुग्छौं बजार भने ९५ प्रतिशत बन्द रहेको थियो, लकडाउनको पालना राम्रैसंग गरिएको रहेछ । दुधे पुग्दा बिर्तामोडबाट हिडेको हाम्रोयात्रा करिव २५ किलोमिटर पुरा भईसकेको हुनुपर्छ ।
त्यसपछी हाम्रो यात्रा झिलझिले, डुडामारी, धरमपुर केर्खा, सितापुरी, पाँडाजुगी हुदै दमक पुग्छ, दकममा भने अलि धेरै मानिस र साना ठुला सवारीको चहल पहल थियो, आजै बाट सरकारले लकडाउनलाई केही खुकुलो पारेको कारण पनि ठुलो सहर ठुलै जमघट हुनु स्वभाविकनै हो भन्दै सोच्दै दमकमा रहनु हुने अग्रज पत्रकार दाईहरु मिनप्रकास उप्रेती, टिकाराम उप्रेतीको आथित्यतामा एक छिन बसेर भलाकुसारी गर्दै चिया खाएर हाम्रो यात्रा अझ पस्चिम, झापा जिल्लालाई छोडदै मोरङ जिल्लाको पूर्वीनाका उर्लाबारी पुग्छ, त्याहाँ पुग्दा सहर चकमन्न थियो ।
दमकमा देखेको चहलपहल र उर्लाबारीको चकमन्न स्थितीले एक छिन सोचमग्न बनायो किन यस्तो भयो ? सोच्दै जादाँ मैले अड्कलकाटे यो जिल्लानै फरक हो, यहाँको नियम फरक पनि हुनसक्छ, गणतन्त्र भनेको पनि त यही हो, आफ्नो ठाउँमा आफ्नै किसिको कानुन बनाउने अधिकार पनि त छ सोही अनुसार सहर बन्द गर्ने नियमले गर्दा चकमन्न भएको होला भन्दै, यात्रालाई अझ अगाडी बढाउदै जादाँ मंगलबारे पुग्यौ मंगलबारेको घुमाउरो सडकमा फिल्ममा मोटर साईकल ढल्काएर कुदाए जस्तो नभए पनि महसुस हुने गरी मोडदै, फेरी घना जंगल र बिच बिचमा साना–साना घर विभिन्न रंगले पोतिएका बस्ती, बस्ती (समूहगत चिहान) हेर्दै करिव ६० किलो मिटर दुरीको यात्रा तय गरेर पथरी सहरमा दिनको ३ बजे तिर पुग्छौं ।
त्यहाँ मित्र युवाराज ओझा संग भेट हुन्छ, भेटपछि हामिले पथरीका महत्वपूर्ण स्थलमा हामिलाई पुर्याउन गरेको आग्रहलाई स्वीकार गर्दै केही ठाँउ अवलोक गर्न तर्फ पथरी बजारबाट ओरालो लाग्छौं, जादैगर्दा बाटोमा एक कर्मशिल मेहनी कलाकार टिकाराम राई संग भेट गराउछन ओझाले, राईले बनाउदै गरेको कलाकारिताको दुनियामा एक छिन मनलाई बिश्राम दिलाउछछौं, उनले बनाएका मुर्ती र योजना देख्दा सबैलाई उर्जा मिल्ने रहेछ । सोही ठाउँमा पत्रकार द्वय हरि कोईराला र गोपाल काफ्ले संग चिनजान र केही समसामायिक विषमा कुराकानी हुनपुग्छ सो पस्चात म लोकेश अघिकारी, युवराज ओझा, गोपाल काफ्ले केही महत्वपूर्ण गन्तव्य तर्फ लाग्छौं ।
पथरीशनिस्चरे नगरपालिकामा धेरैठाउँ पानीका भुल्का निस्किएको ठाउँहरु रहेछन, ति भुल्का सिमसार हेर्दै पथरी शरणार्थी शिविरको बाटो हुदै पथरीबाट उत्तरमा रहेको ऐतिहासिक भुल्केदेवी मन्दिरको दर्शन, अवलोक र रिर्पोटका लागि टिर्पोट लेखेर हामी दुईभाईको यात्रा बिर्तामोड तर्फका लागि मोडिन्छ, फर्केर आउदा यात्रा झन रमाईला, बेलुकीपखको सितलहावा, पहेलो बनेको सूर्यको प्रकासले वातावरण घमाईलो बनाई रहेको थियो साँझ ७ बजे बिर्तामोड आईपुग्दा करिव १२० किलो मिटरको यात्रा गरेको महसुसनै भएन थकान नै लागेन यो सबै लकडाउनको उपलब्धी हो । प्रकृतिले आफनो शुन्दरता देखाउन पाएको छ, चराचर प्राणीले स्वक्ष सासफेर्न पाएका छन । भाईरस र महामारी नआओस् तर बेलाबेलामा लकडाउन चै भईरहने हो भने प्राणीहरु निरोगी र दिर्घजीवन जिउन सहज हुने रहेछ ।