Aamsanchar

कोरोना विशेष गीती भिडियो (बहार)

Author Image
सोमवार, वैशाख २९, २०७७

बिर्तामोड । विश्वभरी फैलिएको कोरोना भाईरसको कारण विश्वका नागरिकलाई भय, तनाव र अभावमा बाच्ने परिस्थिती आईपरेको छ। कोभिड १९ ले विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको बेला विश्वमा कोरोनाको कारण प्रत्यक्ष अप्रत्यक्ष रुपमा पिंडामा परेकारुलाई सान्नतवना दिन संचारजगतले विभिन्न चेतना मुलक कार्यक्रम प्रस्तुत गरिरहेका छन, लाखौं नागरिकले सामाजिक संजाल मार्फत सकारात्मक सोचका बारेमा चर्चा र बहस गरिरहेका छन ।

त्यस्तै धेरैले गीत, कविता रचना गरेका छन, कलाकारहरुले अभिनय र संगीतकारहरुले करुणामयी संगीत सृजना गरेर पिंडाबाट मुक्त रहने माध्ययम बनाई रहेको वेला झापाका एक संगीतप्रेमीले पनि कोरोना, महासंकटका कारण विश्व ज्यान गुमाउन पुगेका मानिसको सम्झनामा श्रद्धासुमन अर्पण गर्दैं गीत संगीतको माध्यमबाट ति पिडामा भएका मानिसहरुको हृदयमा शान्तिको भाव स्थापित गराउने उदेश्यले झापा बिर्तामोड निवासी संगीतकर्मी तथा शिक्षक शिब बराईले आफ्नै स्वर, शब्द, र संगीतमा कोरोना विशेष गीती भिडियो (बहार) तयार पारेका छन । क्रोमाटिक रेकर्डिङ स्टुडियोमा रेर्कड भएको गीतलाई लोकेश अधिकारीले छयाङ्कन तथा सम्पादन गरेका छन ।

बराईलीले यस अघि युट्युव मार्फत यो शहर, परदेशी माया, बहार लगायतका गीतमा स्वर, शब्द, संगीत र संगीत दिई सकेका छन ।

भिडियो हेर्नुहोस् ।

https://www.facebook.com/aamsancharnews/videos/323755078606119/

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 359

प्रतिक्रिया (०)

सम्बन्धित खबर