Aamsanchar

मेचीनगरका सहकारी संस्था दैनिक दुईघण्टा सञ्चालन

Author Image
मङ्गलवार, जेठ ६, २०७७

मेचीनगर: मेचीनगर नगर पालिकाक्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् ।

आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कील मंगलबार सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्ममात्र मेचीनगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधिमा सामाजिक दुरी र सावधानी अप्नाएर सेवा प्रदान गर्न सूचनामा भनिएको छ । नगरपालिकामा हस्तानतरण नभएका तथा अन्य स्थानमा समेत कार्यक्षेत्र रहेका र विभिन्न वडामा सम्पर्क कार्यालय रहेका सहकारीहरुको हकमा जोेर विजोर प्रणालीले सेवा सञ्चालन गर्न सूचनामा उल्लेख गरिएको छ ।

प्र्रकृति सुपारी सहकारी सस्था लि मेचीनगर १, नवमुना कृषि सहकारी संस्था लि मेचीनगर १, कृष्णथुम्की कृषि सहकारी संस्था मेचीनगर १, सहकारी चिया बगैचा लि मेचीनगर २, दिङमालिङ बचत तथा ऋण सहकारी संस्था लि मेचीनगर २, सिमाना कृषि सहकारी संस्था मेचीनगर २, बौद्घमोेड कृषि सहकारी संस्था मेचीनगर २, भृकुटी बचत तथा ऋण सहकारी संस्था लि मेचीनगर २, नयाँ तेलपानी महिला सुपारी सहकारी संस्था लि मेचीनगर ३ र पारखी चिया उत्पादन तथा प्रशोधन सहकारी संस्था लि मेचीनगर ४ हरेक महिनाको जोर गतेमा मात्र सञ्चालनमा आउने छन् ।

कृष्णनगर बचत तथा ऋण सहकारी संस्था लि मेचीनगर १,संकल्प कृषि सहकारी संस्था लि मेचीनगर १, लक्ष्मी संकल्प कृषि सहकारी संस्था लि मेचीनगर १, साना किसान सहकारी संस्था लि मेचीनगर २, उज्यालो वस्ती व्यवसायिक बचत तथा सहकारी संस्था लि मेचीनगर २, प्रेरणा कृषि सहकारी संस्था लि मेचीनगर २,बाहुनडाँगी सुपारी सहकारी संस्था लि मेचीनगर २, नौलो सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था लि मेचीनगर ३, शुभ चिया किसान सहकारी संस्था लि मेचीनगर ४ र हात्ती किनारा चिया सहकारी संस्था मेचीनगर २ ले हरेक महिनाको विजोर गते आफ्नो सेवा प्रदान गर्नेछन् ।

मेचीनगरका झण्डै ५ सयलाई क्वाररेन्टाइनमा राखिने

नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका मेचीनगरका स्थायी वासिन्दाका लागि मेचीनगर नगरपालिकाले वस्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको छ ।

लकडाउनका कारण नेपाल भारत सीमाक्षेत्रमा अलपत्र परेका नेपालका विभिन्न जिल्लाका मानिस नेपाल प्रवेश गर्न थालेपछि नगरपालिको पाि आफ््ना नगरका मानिसहरु राख्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको होे । भारतलगायत अन्य मुलुकमा अध्ययन रोजगारीका लागि पुगेका करीव ५ सयभन्दा बढी मेचीनगरवासीलाई खान बस्नको उचित प्रवन्ध मिलाइएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो । उहाँका अनुसार उनीहरुलाई राख्नका लागि मेचीनगर— ११ स्थित धाइजनमा रहेको स्वास्थ्य केन्द्र्रलाई क्वारेन्टाइन बनाइएको छ । भारतलगायत अन्य देशबाट आएका नगरवासीहरुलाई सुरक्षितरुपमा क्वारेन्टाइनसम्म पुर्याइने उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो ।

क्वारेन्टाइनमा बसेकाहरुरुलाई विभिन्न संघ संस्थाहरुले खानाको व्यवस्था मिलाउने छन् । क्वारेन्टाइन व्यवस्थापनका लागि वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, जिन्सी शाखाका प्रेम पराजुली र एकजना जनप्रतिनिधि रहने गरी तीन सदस्यीय समिति समेत निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नेपाल भारत सीमाक्षेत्रमा अलपत्र नेपालीलाई सोमबार नेपाल फर्काउने भनेर निर्णय गरिएको भएपनि आवश्यक प्रक्रिया नपुुगेको भन्दैं निर्णय कार्यान्वयन भएन । साँझ ५ बजेतिर नेपालको काँकरभिट्टा र भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज नाकाहुदैें ४ जना मानिस नेपाल प्रवेश गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन र दमकका उनीहर उपचार गरी फर्किएको जानकारी दिनुभयो ।

उद्योग व्यवसाय जोर विजोरमा

नोवल कोरोना भाइरस कोेभिड १९ को सक्रमण नियन्त्रण गर्न नेपाल सरकारकोतर्फबाट भएकोे लकडाउन व्यवस्थापन गर्न मेचीनगर नगरपालिकाक्षेत्र भित्र रहेका व्यवसाय सञ्चालनका लागि स्थानीय सरकारले समय तालिका निर्धारण र सञ्चालन अनुमतीका लागि नयाँ व्यवस्था गरेको छ ।

मेची उद्योग बाणिज्य संघसँग समन्वय गरी खाद्यन्न पसल जोर गैर खाद्य हार्डवयर, मोटर पार्टस, ग्यारेज, इटा विक्री केन्द्र ग्यास विक्री केन्द्र विजोर गते दैनिक विहान ८ देखि मध्यान्ह १२ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । कृषिजन्य दुध डेरी, कुखुरा, अण्डा, नर्सरी बीउविजन, र औषधिजन्य भेटनरी तथा मेडिकल पसलहरु भने नियमित सञ्चालन हुने वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो ।

खाद्यन्न, उद्योग तथा कलकारखानाको कच्चा पदार्थ र उत्पादित वस्तुको ढुवानीमा पास जारी गरीरहनु नपर्ने र निर्र्वाध रुपमा सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ । नगररपालिकाको कार्यालयसँग समन्वय गरी नदीजन्य पदार्थ विहान ६ देखि साँझ ६ बजेसम्म ओसारपसार गर्न सकिने छ । त्यसका लागि नगरपालिकाबाट आयोजना स्थल र लोेड गरिने स्थल तोकिएको पास अनिवार्य लिनुपर्ने छ । नगरपालिकाभित्र सञ्चालित वित्तिय संस्थाहरुले बैंक सहकारी तथा फाइनान्सहरुलाई आधा आधा गरी जोर विजोर गते सञ्चालनको व्यवस्था मिलाईएको र यस वारेमा नगरपालिकालाई जानकारी गराउन र बैंक कर्मचारीहरुका हकमा बैंकर्स एशोसिएशनको पास र फाइनान्स तथा सहकारीहरुको हकमा नगरपालिकाले पास जारी गर्ने छ । सरकारी कर्मचारीले परिचय पत्रका आधारमा कार्यालय जान र आउन पाउने नगररपालिकाले जनाएको छ ।

नगरपालिकाले यसको बोदार्थ मेची उद्योेग बाणिज्य संघ मेचीनगर इलाका प्रहरी कार्यालय काँकरभिट्टा र धुलावारीलाई दिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
बुधवार, चैत १४, २०८०