Aamsanchar

झापामा १२ जना कोरोना संक्रमित पुष्टी, नेपालमा ४०२ पुग्यो

Author Image
मङ्गलवार, जेठ ६, २०७७

झापा– नेपालमा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित बढ्दै जाँदा नौ दिने सुत्केरीसहित दुई जनाले ज्यान गुमाएका छन् । सोमवार एकै दिन झापासहितका विभिन्न जिल्लामा ८० जना संक्रमित थपिएका थिए ।

सोमवारराति अवेरसम्म संक्रमितको संख्या ३७५ थियो । मंगलवार २७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले संक्रमितको संख्या थपिएर ४०२ पुगेको बताए ।

उनीहरु २७ देखि ४२ वर्षका रहेको डा. देवकोटाले जानकारी दिए। ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्। उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्।

नेपालमा संक्रमण पुष्टि भएकामध्ये ३७ जना अहिले संक्रमणमुक्त भएका छन्। हाल ४ सय १२ जना रेडजोनमा रहेको समेत डा। देवकोटाले जानकारी दिए। अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर