Aamsanchar

इलामको एक परिचय अलैची खेती

Author Image
मङ्गलवार, जेठ ६, २०७७

इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. ४ स्थित एक घरबारीमा लगाईएको अलैचीं खेती । इलाम अलैची उत्पादनको हिसावले देशमै चिनिएको जिल्ला हो । अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि २० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक १५०० देखि ५००० मिलिमिटर वर्षा हुने सेपिलो उत्तर मोहडा भएको ठाउँ उपयुक्त मानिन्छ। डम्मरसाईु, रामसाईु, चिवेसाईु, गोलसाईु, राम्ला, साउने आदि अलैँचीका प्रमुख जात हुन्। डम्मरसाई ७०० देखि १२०० मिटरको उचाइसम्म र रामसाई त्यसभन्दा पनि माथि २१०० मिटरसम्ममा लगाउन सकिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 259

प्रतिक्रिया (०)