Aamsanchar

झापामा पाँचजना कोरोना संक्रमित थपिए

Author Image
बुधवार, जेठ ७, २०७७

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा थप ५ जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावमा परीक्षण पछि उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । मंगलवारमात्र सोही स्थानबाट ९ जना संक्रमित विराटनगर स्थित कोरोना उपचार केन्द्रमा पुराइएको कोशी अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानहादुर वस्नेतले जानकारी दिए।

बुधबार थपिएका पाँचजना सहित झापामा संक्रमितको संख्या १७ पुगेको छ ।

संक्रमितहरुमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । झापामा अझै संक्रमित भेट्न सकिने सम्भावना बढेको सामाजिक विकास मन्त्रालय श्रोतले बताएको छ । उनीहरुलाई कहाँ राखेर उपचार गर्ने भन्ने जानकारी आएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)