Aamsanchar

झापामा एकै दिन २३ जनामा कोरोना पुष्टी

Author Image
बिहिवार, जेठ ८, २०७७

बिर्तामोड । झापामा थप आठजनामा कोरोना भाइरस पुष्टि भएको छ । आज बिहान मात्रै १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दिउँसो थप आठजना थपिएका हुन् ।

कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।

केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर्ट पनि आउने क्रममा छ ।

उनीहरू सबै भारतका विभिन्न राज्यबाट रेल, ट्रक चढेर आएका हुन् । उनीहरु सबैको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरिरहेका छन् । कोरोना पुष्टि भएपछि बुधबार बसेको पालिकाको वैठकले जेठ ११ गतेसम्म गाउँपालिका प्रवेशमा रोक लगाउने निर्णय गिरिएको अध्यक्ष अञ्जरा आलामले जानकारी दिए ।

कचनकवलका क्वारेन्टाइनमा बुधबार साँझसम्म २२४ जना रहेको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर