Aamsanchar

अभिनेतृ केकीको लकडाउन जीवनशैली

Author Image
शनिवार, जेठ १०, २०७७

कोरोना कहरको कारण यतीवेला नेपाल लगायत विश्वका धेरै देशहरु लकडाउन बनेका छन । सम्पूर्ण क्षेत्रको कामकाज स्थगित बनेको छ । अझ यतीखेर विश्व सिनेमा क्षेत्र झन ठप्प छ । नेपाली सिनेमा र विश्वभरका अभिनेत्रीहरू आफ्नो कला र सुन्दरता सामाजिक संजालमा पस्किरहेका छन । आफ्ना प्रशंसक र समर्थकहरूलाई प्रोत्साहन दिइरहेका छन् र उनीहरू घरमै बस्न र महामारीबाट बच्न सुझाव, संदेश दिईरहेका छन । कति सामाजिक काममा जुटेका छन, भने कतिले विभिन्न साधाना र अध्ययनमा दिन वेतित गर्दैआएका छन ।

त्यस्तै नेपाली सिने क्षेत्रकी प्रशिद्ध अभिनेत्री केकी अधिकारी घरमै योगा गर्दै र विभिन्न खेलकुद, शरिरिक व्ययाममा संलग्न रहेको पाईएको छ । उनले आफ्नो सामाजिक नेटवर्क फेसबुक पेज, इन्स्टाग्राममा योगा गर्दै गरेको तस्वीरहरू पोस्ट गर्छिन्। केकीले लकडाउन अघिपनि आफ्नो शरिरलाई सुगठित राख्न लागिपरिनै रहन्थिन् यतीवेलाको फुर्सदको समयलाई झन सदुपयोग गरिरहेकी छन । केकीले पोष्ट गरेका खेल र व्ययामका फोटोहरुले आम समर्थक, शुभेच्छुक र सर्वसाधारणमा स्वास्थ्य रहनको लागि खेल र व्यायाम आवसेक छ भन्ने संदेश पनि प्रवाह गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१