Aamsanchar

तत्कालको आवस्यकता परिपूर्ती गर्न विर्तामोडमा ३७ जनाले गरे रक्तदान

Author Image
शुक्रवार, जेठ १६, २०७७

रक्तदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा सचिव केशवप्रसाद ओझा

विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१औं स्थापना दिवसको अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको आयोजनामा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण झापामा भइरहेको रगतको अभावलाई टार्न रक्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाका कोषाध्यक्ष तथा रक्तदान कार्यक्रम संयोजक कृष्ण अग्रवालले वताए ।

नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।

कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण झापामा कुनै संघ संस्थाले रक्तदान कार्यक्रम नगर्दा विभिन्न रोगका विरामीलाई रगत

आवस्यक परेको भन्ने सुचना पाए पछी तत्कालको आवसेकतालाई पूर्ती गराउन  रक्तदानको कार्यक्रम आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा सचिव केशवप्रसाद ओझाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर