Aamsanchar

प्रचण्डको दिएको अभिव्यक्तिप्रति शिव सेना नेपालको आपत्ति

Author Image
सोमवार, असार १, २०७७

काठमाडौं । शनिबार संविधान संशोधनको प्रस्तावको पक्षमा मत राख्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिमा शिव सेना नेपालले आपत्ति जनाएको छ । प्रचण्डले राजतन्त्रका बेला भारतले हडपेको जमिन गणतन्त्रले फिर्ता ल्याएर छाड्ने बताएको विषयमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले आपत्ति जनाएका हुन् ।

गणतन्त्रका नाममा विभिन्न देशसँग विक्रि भएर राजसंस्था र राष्ट्रिय एकताका प्रतीकलाई आक्षेप लगाउने कुनै आधार नभएको बस्नेतको दाबी छ । देश निर्माणको ऐतिहासिक तथ्य थाहा नपाएका प्रचण्डले मनपरी अभिव्यक्ति दिएको बस्नेतको टिप्पणी छ । उनले राजसंस्था वा राजाले भूमीको रक्षा गरेको तर प्रजातन्त्रका नाममा दलीय स्वार्थका कारण मुलुकको सार्वभौमिकता विक्रि भइरहेको पनि जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर