Aamsanchar

ओझेल पर्नु हुदैन स्याङल्याङटार

स्याङल्याङटार भन्ने बित्तिकै कुनै उच्च पहाडी क्षेत्रको एक ठाउँ हो जस्तो लाग्न सक्छ । बास्तवमा टारको नाम पहाडी भूभागमा नै हुने गर्छ, पहाडै पहाड भएको ठाउँमा केही भूभाग सम्म फाट बनेको ठाउँलाई टार भनिन्छ । कुल क्षेत्रफल मध्ये पहाडी क्षेत्र धेरै पर्छ नेपालमा, देशभरीमा अनुमान लगाउदा हजारौं टार रहेका होलान, ति टारको अगाडी स्थानिय मौलिकता भाषा अनुसार नामकरण गरिएको छ । नामकरण संगै स्थानको पहिचान गर्न सहज भएको छ । समथल क्षेत्र भनेर चिनिने झापामा पनि पहाडी भूभागहरु धेरै छ । झापाको दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी, कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपलिका क्षेत्रमा ठुला र साना चुरेपहाडहरु पर्दछन ।

इलाम संगको सिमाना जोडिएका यस्ता क्षेत्रहरु हावापानी, बोटविरुवा, खोलानाला, कृषि उत्पादन, सामाजिक रहनसहनका हिसावले अत्यन्तै शुन्दर छन । विभिद साँस्कृतिक, धार्मिक विशेस्ता यि क्षेत्रका अमुल्य उपहार हुँन । त्यस्तै बहुँ प्राकृतिक छटाले हरेक व्यक्तीलाई मोहित बनाउन सक्ने झापाको एक चुरे पहाडी क्षेत्रमा पर्ने स्याङल्याङटार कयौ झापालीहरुमाझ नै अपरिचित छ देशको अगाडी त झन गुमनाम नै । यदी कोही स्याङल्याङटार पुग्यो भने उसको मन र विचारले भन्ने छ ओझेल पर्नु हुदैन स्याङल्याङटार ।

झापाको कुन ठाउँमा छ स्याङल्याङटार ?
झापा जिल्ला मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र वडा नं. ३ मा पर्छ । ईलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. ६ स्याङल्याङटारको सधियारी हो ।

के के छन विशेस्ता ?
स्याङल्याङटार सम्ववत झापाकै सबैभन्दा शुन्दर गाउँ हो । यस ठाउँमा विशेषगरी सुपारी खेती लगाईएको छ । वरीपरी पहाडले घेरेको छ । खोलाहरु छङछङ गर्दै सुसाई रहेका छन् एक खहरे खोलामा पुल छैन पहाडमा पानी पर्यो भने एकै छिनमा बाढी आउछ केही बेरमै खोला सुक्छ । यो दृष्य तराईमा बस्नेहरुको लागि अनौठो हुनेनै भयो । सबैे जातजातीको बसोबास छ अलिबढी राई जाती छन ।
स्याङल्याङटारको पूर्वमा मिनिमाउण्टेन पर्दछ उत्तरमा इलामको लामिडाँडा पर्दछ । चिसोहावा, स्वक्ष पानी, प्राय युवतीले घुम्टो ओढे झै एक एक छिनमा बादलले छोपेर टारलाई सितल बनाई दिन्छ ।

उच्च पहाडमा फल्ने अलैची, सुन्ताला, अम्लिसो लगायत सबै कृषि उत्पादन हुन्छ, यतीवेला अलैचीको विरुवा देख्दा दुईहजार मिटर भन्दा माथीको पहाडमा पुगेजस्तो लाग्छ, तर स्याङल्याङटार समुद्री सतहबाट ५ सय मिटर उचाईमात्र हुनुपर्छ । यती कम उचाईमा प्राप्त हुने विभिददतालाई मनन गर्दा मात्र पनि स्याङल्याङटारको विषेश्ताको बारेमा लागेको जिज्ञाषाको उत्तर प्राप्त हुन्छ होला, अझ धेरैकुरा आफ्नै तरिकाले खोज्ने त छदै छ ।

कसरी पुग्ने स्याङल्याङटार ?
स्याङल्याङटार पुग्नको लागि धेरै ठाउँबाट बाटाहरु छन । मेचीनगरको काँकडभिट्टा, धुलाबारी, बुद्धशान्तिको बर्ने शान्तिनगर हुदै पुग्न सकिन्छ । मेचीनगरबाट जाने हो भने करिव १० किलो मिटर उत्तर बाहुँनडाँगी पुग्नु पर्ने हुन्छ । त्यस पछी करिव चार किलो मिटर पूर्व लाग्दा भृकुटी भन्ने ठाउँ मा पुगिन्छ, भृकुटीबाट पनि अझ उभो लाग्नु पर्ने हुन्छ, उकालो लाग्दै गर्दा बौद्धमोड आईपुग्छ । बौद्धमोड पुगेपछी करिव करिव यात्रा टुङगिन लाग्ने छ । तर पनि गन्तव्यको लागि केही समय अघि बढनै पर्ने हुन्छ, बौद्धमोड बाट अलीकती ओरालो झर्दै पूर्वतर्फ लाग्नु पर्छ, करिव एक किलो मिटरको यात्रा गरेपछी निन्दा खोला पुल आउछ त्यो पुलबाट देखिने दृष्यले हर जो कोहीलाई एक छिन रोक्न बाध्य बनाउछ । अझ ल्याण्डस्किप मनपराउने हरुकोलागि एकैछिनको समय पर्याप्त हुदैन, त्यसमा पनि फोटोग्राफी गर्न मनपराउनु हुन्छ भने सम्झनु होस् करिव २० देखि ३० मिनेटको समय बनाउनु पर्छ । हरेक दुईचार मिनेटको अन्तरालमा त्याहाँको बादल उढेर जाने र आउने क्रममले एक पछि अर्को फोटो नखिची चित्तै बुझदैन । त्यसैले करिव आधा घण्टाको समय छुट्याउने सोच पहिलै बनाउदा अझ राम्रो हुन्छ ।

अब स्याङल्याङटार जानको लागि पुल पार गर्ने वित्तिकै उत्तर तर्फजाने ग्राभेल सडक भेटिन्छ, त्यही सडकहुदै करिव दुई किलो मिटरको दुरी तय गर्नु पर्नेहुन्छ, यो दुरी पारगरेपछी गोलाटार भन्ने ठाउँ आउछ । गोलाटार पनि धेरै रमाईलो ठाउँ छ । गोलाटारबाट अब अघि बढेको यात्रालाई केही मिनेट अर्थात दुई देखि तिन किलो मिटरको दुरीमा स्याङल्याङटार पुगिन्छ ।
त्यस्तै मेचीनगरको ईटाभट्टाबाट सिधा उत्तर हुदै माथी उल्लेख भएको भृकुटी पुगेर जान सकिन्छ । मेचीनगरकै धुलाबारीबाट बेसीबजार हुदै माथी उल्लेख भएको निन्दा पुल पुग्न सकिन्छ, अर्को बाटो बुद्धशान्तिको बर्ने हापेन्टचोक बाट पूर्व पहिलेको टिमाई शरणार्थी शिवर हुदै शान्तिनगर, बहँुवन हुदै बेसीबजार पुगेर माथी उल्लेख भएको मार्गहुदै स्याङल्याङटार पुग्न सकिन्छ ।
यि त मुख्य सडक भए स्याङल्याङटार पुग्न अरु साना बाटोहरु थुप्रैछन । त्याहाँ व्यवसायीक रुपमा संचालित होटल, होमस्टेहरु संचालनमा ल्याईएको छैन । तर साना चियाँ खाजाका पसलहरु चोकचोकमै भेटिन्छ । जुन सुकै बाटोबाट त्याहाँ जान चाहानेहरुले साना ठुला सबैखाले सवारी साधानलाई सहजरुपमा पुर्याउन सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 809

प्रतिक्रिया (०)

सम्बन्धित खबर