Aamsanchar

बुद्धशान्तिमा चितुवा आतंक, दुईसय खसिबाख्रा मार्यो (स्थलगत रिर्पोट)

Author Image
सोमवार, असार १, २०७७

झापाको बुद्धशान्ति–३ स्थित पाँच पोखरी सामुदायिक वनमा सोमबार चितुवाले ६ वटा बाख्रापाठा मारेको छ । चितुवाको धरपकडको कारण ४ वटा माउबाख्रा वेपत्ता भएको बाख्राधनी राजेन्द्र गौलीले बताएका छन । गौलीका अनुसार उनको दुईबर्ष अबधीमा ८० वटा बाख्रापाठा चितुवाले खाएको र मारेको  छ ।

गौलीको जस्तै समस्या सबै गाउँलेको छ, प्रायजसो घरैपिछेका बाख्रापाठा हराउने मारिने गरेको छ । मेरो १४ वटा बाख्रा थिए अहिले १ वटा मात्र छ यसैबर्ष भित्र १३ वटा बाख्रा जंगली जनावरले खाईदियो । दुईबर्ष देखि चितुवाको आतंक सुरु भएको छ । यस अबधिमा गाउँलेहरुले दुईसय भन्दा धेरै बाख्राखसी गुमाई सकेको स्थानिय समाजसेवी, पाचँपोखरी सामुदायिक वनका पूर्व उपाध्यक्ष राजु थापाले भने ।

बुद्धशान्ति र मेचीनगरको सिमा क्षेत्रमा पर्ने पाचँपोखरी सामुदायिक वनमा चितुवाको विगविगी बढेकाले स्थानियहरु धेरै चिन्तामा रहेका छन । चितुवा बाघ लगायतका जंगली जनावरको शिकार मान्छेनै हुनु पर्ने होकी भन्ने भय उत्तिकै बढेको छ । मेचीनगर–३ , धिमाल बस्तीका बासिन्दाहरुको समस्या विगतको दिनमा व्यक्तीगत मात्रमा सिमित रहेको थियो भने यतीखेर जंगली जनावरले पुर्याउने क्षती सामाजिक बनेको छ ।

जंगली हात्तीको हेपाई र दप्की सहदै र खेप्दै आएका गाउँलेहरुका लागि चितुवा काल बन्दै घुम्ने गरेको स्थानियहरु बताउछन । जंगली जनावरले दिने दुःख जनधनको क्षतीको बारेमा स्थानिय सरकार हालसम्म वेखर बन्ने गरेको छ तर अव कार्यक्रम ल्याएर जंगली जनावरलाई नियन्त्रण र अन्यत्र स्थानतरण गराउने काम नगरपालिका, सामुदायिक बन र जिल्ला बनकार्यालयले गर्नुपर्ने स्थानियको माग रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 719

प्रतिक्रिया (०)

सम्बन्धित खबर