Aamsanchar

सहज हुँदै काँकरभिट्टा नाका

Author Image
बुधवार, असार ३, २०७७

काँकरभिट्टा ।  देश र स्थानिय तह मा लकडाउन खुकुलो भए सँगै नेपाल प्रवेश गर्ने पूर्वी नाका काँकरभिट्टामा दुई देश आउने जाने को चाप भने घटेको छ। केही दिन अघि सम्म दैनिक आठसय देखि एक हजारको हराहरी मा आउने जाने मानिसको संख्यामा कमी आएको छ। केहि दिन अघि स्थापना गरिएको मेची पूल र काँकरभिट्टाको होल्डिंग सेन्टर खाली देखियो।

असर ३ गते भने नेपाल प्रवेश गर्नेको संखिया मा केहि बृद्धि देखिएको छ। आज ओखलड़ूंगा, दिक्तेल, मोरङ र सुनसरीका लगभग २३० जाना आफ्नो गन्तव्यतिर लगेका छन ।  भारत प्रवेश गर्नेको संख्या एक सयको हाराहारी रहेको थियो। अहिले क्यारिन्टिन र होल्डिंग सेन्टर को व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । त्यहाँ रहेका मानिसहरुको भोजनको व्यवस्थापन काँकरभिट्टा समाजले गर्दै आएको छ ।

होल्डिंग सेन्टरमा मोबाइल चार्जिंग स्टेशन, निशुल्क सेनेटरी प्याड र खानेपानीको जिम्मा रोट्रयाक्ट  क्लब अफ बिर्तामोड र काँकरभिट्टा द्वारा संचालित ‘न्यानो सहयोग’ कार्यक्रमले गर्दै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर